ताजा अपडेट »

अमेरिकी संसद भवनभित्रै गोली चल्यो (भिडियो)

विहीबार, २३ पुस २०७७, १३ : ३९
2 Shares

जेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंसक समर्थकहरूको झडपमा मृत्यु हुनेको संख्या ४ भैसकेको छ । जसमा एक महिलाको पनि मृत्यु भएको छ । बुधबार संसदभित्रै घुसेर हंगामा गरेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएका थिए। गोली चल्दा ती महिलाको मृत्यु भएको थियो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती महिलाको परिचय खुलेको छ । उनी अमेरिकी एयर फोर्सकी पूर्व सदस्य रहेको खुलेको छ । एसली बेबिट नाम गरेकी क्यालिफोर्नियाकी ती महिला एक दिनअघि मात्र वासिङटन आएकी थिइन् । त्यसअघि उनले ट्विटरमा लेखेकी थिइन्, ‘कसैले हामीलाई रोक्ने छैन र यहाँ आँधी आएको छ ।’ १४ वर्षसम्म एसली बेबिटले एयरफोर्समा काम गरेकी थिइन् ।

https://twitter.com/The_Real_Fly/status/1346915933584027652?s=20

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ। तीमध्ये ४७ जनालाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी संसदभित्रै गोली चल्नु र संसदभित्रै हुलदंगा हुनुलाई विश्वभरका नेताले लोकतन्त्रविरुद्धको कार्य भनिरहेका छन्।

https://www.youtube.com/watch?v=lfP_5L8epow&ab_channel=VICENews
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।