१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । विश्वव्यापी कोभिड-१९ महामारीले लामो समय गतिविधि सुन्य भएको अवस्थामा सञ्चारकर्मीहरु बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ । रुपन्देहीका सञ्चारकर्मी र सञ्चारगृहहरु बीच आपसी सद्भाव तथा मैत्री सम्बन्धका लागि ‘प्रथम टेन स्टिल्स फुटसल–२०७७’ आयोजना हुने भएको हो ।

Advertisement

ग्लोबल सञ्चार गृहद्वारा सञ्चालीत ग्लोबल आवाज अनलाइनको आयोजनामा आगामी माघ ३ गते रुपन्देहीको तिलोत्तमा-५ मणिग्राममा मैत्रीपूर्ण प्रतियोगिता हुने भएको हो । कोरोना महामारीका बीच पनि जोखिम मोल्दै निरन्तर सूचना संकलन गर्ने सञ्चारकर्मीहरुलाई मानसिक र शारीरिक रुपमा स्फूर्त बनाउन टेवा पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सञ्चार गृहका प्रवन्ध निर्देशक गौतम भुसालले बताए । रोटरी क्लब अफ रुपन्देही सह आयोजक रहेको प्रतियोगितामा टेन स्टिल्स प्रा.लि.को मूख्य प्रायोजन तथा हाई लाइफको सह प्रायोजन रहेको उनले जानकारी गराए । प्रतियोगिता बारे जानकारी गराउन मँगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बैंकिङ पार्टनर साइन रेसुङ्गा बैंक लिमिटेड तथा मिडिया पार्टनरहरु बुटवल टुडे दैनिक र राज्य टेलिभिजन रहेको जानकारी गराए ।

प्रतियोगिता बारे बोल्दै अनलाइनका सम्पादक एन.बी. कंडेलले महामारीमा सञ्चारकर्मीलाई परेको असरबाट टाढा हुन र जारी समस्या र संकट भन्दा केही फरक तथा मनोरञ्जनका गतिविधिमा संलग्न हुनका लागि प्रतियोगिताले टेवा पुर्याउने विश्वासमा प्रतियोगिताको आयोजना गरिएको बताए । ‘प्रतियोगिताले लामो समयपछि सञ्चारकर्मीलाई एउटै ठाउँमा भेला गराउनुका साथै आपसी एकता र सद्भाव बढाउनेमा आशा गरेका छौं ।’-उनले भने । कार्यक्रममा सह प्रायोजक हाइ लाईफ फुड्सका अध्यक्ष पंकज ज्ञवाली, रोटरी क्लब अफ रुपन्देहीका निर्वतमान अध्यक्ष सुरज खत्री, ग्लोबल मिडिया ग्रुपका एचआर तथा पिआर प्रमुख प्रदिप नेपाल, मिडिया पार्टनर बुटवल टुडे दैनिकका विश्वास ढकाल र राज्य टेलिभिजनका यमलाल भुषालले सुझाब सहितको भनाई राखेका थिए ।

जिल्लाभरका विभिन्न सञ्चार गृहमा आवद्ध तथा जिल्लामा क्रियासिल सञ्चारकर्मीहरु बीच हुने प्रतियोगितामा २० वटा टिमको सहभागीता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक डि.बी. सुस्लिङले बताए । प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उप विजेताले १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत रुपमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तिलोत्तमा-५ मा अवस्थित यूनिक फुटसलमा हुने प्रतियोगिताका लागि करिब ४ लाख खर्च अनुमान गरिएको उनले बताए । प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ । कार्यक्रमको संचालन पत्रकार सञ्जु पौडेलले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे