ताजा अपडेट »

तीन बाली: वैशाखमा पनि पाक्यो धान

मंगलबार, १७ बैशाख २०७६, १४ : ३६
24 Shares

वैशाख १७,

झापा । आफ्नो तीन कट्ठा र बाँकी सबै साहूको जमिनमा खेती गर्नुभएका मियाँले मङ्सिरमा धान रोपेर वैशाखमा, जेठमा धान रोपेर भदौमा र भदौ अन्तिममा रोपेर मङ्सिरमा थन्क्याउनुभएको हो । उहाँले हर्दिनाथ–१ जातको धान दुई बिघा जमिनमा रोप्नुभएको थियो । सिँचाइका लागि सानो एक इन्चको मोटर राखेको र निरन्तर चलाउँदा मुस्किलले सिँचाइ पुगेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपर जोन कार्यान्वयन एकाइ, बनियानीले यसको उत्पादकत्व लगायतका विषयमा अध्ययनसमेत गरेको छ । कृषि विकास अधिकृत सागर विष्टका अनुसार १० वर्गमिटर धानको ताजा तौल ७ दशमलव २ केजी पाइएको छ । यसमा चिस्यान २३ दशमलव ०५ प्रतिशत रहेको उहाँले बताउनुभयो । उत्पादकत्व प्रतिबिघा १०७ दशमलव ३ रहेको पाइएको उहाँको भनाइ छ । यस क्षेत्रमा तीन बाली धान लगाउने किसान मिया मात्रै भएको जनाउँदै यो उत्पादन उत्साहप्रद रहेको विष्टको भनाइ छ । उहाँले भन्नुभयो, “वैशाखमा समेत धान फलेको देख्दा धेरैलाई अचम्म लाग्नु स्वाभाविक हो तर गर्दा हुँदो रहेछ भन्ने प्रमाणित भएको छ । ” यसबाट यस क्षेत्रमा तीन बाली धान लगाउन सकिन्छ भन्ने देखिएको र यसमा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो । सुरुका दिनमा एक बाली मात्र धान खेती गर्दै आएका किसानले पछिल्लो समय दुई बालीसम्म लगाउन थालेका थिए । तीन बाली धान लगाइएको यो पहिलोपटक भएको धान सुपरजोन कार्यान्वयन एकाइ, बनियानीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापाले बताउनुभयो । किसानमा इच्छाशक्ति र सिँचाइको व्यवस्था भएमा तीन बाली धान लगाउन सकिन्छ भन्ने प्रमाणित भएको उहाँको दाबी छ । मौसमले साथ दियो र मौसमअनुसारकै बीउ किसानलाई उपलब्ध गराउने हो भने तीन बाली सजिलै लगाउन सकिने उहाँको भनाइ छ । उहाँले यस्तो कार्यक्रम विस्तार गर्न थप कार्यक्रम ल्याइने पनि बताउनुभयो ।

दमक, वैशाख १७ गते । कात्तिक अन्तिम र मङ्सिर १ मा धान रोपेको देख्दा धेरैलाई अचम्म लागेको थियो । अहिले त्यो धान मज्जाले फलेपछि स्थानीयवासी सबै छक्क परेका छन् । झापाको कचनकवल–४, पाठामारीका किसान नासिर मियाले यस क्षेत्रमा पहिलो पटक तीन बाली धान भिœयाउनुभएको छ । उहाँले वर्षमा तीन पटकसम्म धानबाली लगाउन सकिन्छ भन्ने प्रमाणित गरेर देखाउनुभएको हो । “कात्तिकको अन्तिम दिन र मङ्सिर १ गते धान रोप्न खोज्दा सुरुका दिनमा त सबैले अचम्म माने तर मलाई विश्वास थियो यो सफल हुन्छ”, मियाले भन्नुभयो । खेतनजिकै रहेको स्थानीय झिङ खोलाको किनारमा मियाले बीउ राखेर धान रोप्नुभएको थियो । उहाँले त्यसरी लगाइएको धान शनिबार भित्त्रयाउनु भएको छ । -विष्णुप्रसाद पोखरेल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।