२४ मंसिर २०७९, शनिबार

Dec 10, 2022

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ८८.१२ बिन्दुले बढेर दुई हजार १७५.३९ मा पुगेको छ ।

Advertisement

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक १७.१८ बिन्दुले उकालो लागेर ४१५.८८ बिन्दुमा पुगेको छ । कूल २१२ कम्पनीका एक करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर रु छ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ मूल्यमा कारोबार भएको छ । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरण रु २९ खर्ब २७ अर्ब २७ करोड २९ लाख बराबर पुगेको छ । लगातार बजार उकालो लागेर नेप्से नयाँ बिन्दुमा मात्रै पुगेको छैन, नयाँ इतिहास कायम भएको छ । हालसम्मकै उच्च बिन्दुमा नेप्से पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ७०.९२, व्यापार २२१.५७, होटल ३४.८४, विकास बैंक ४६.१, जलविद्युत् ३८.९३, वित्त ७.६६, निर्जीबन बीमा २६८.४२, उत्पादन २६४.४४, अन्य १०३.४४, लघुवित्त ७७.६, जीवन बीमा ५५०.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५० करोड ९५ लाख ७५ हजार २२८ बराबरको कारोबार भयो ।

यस्तै प्राइम बैंक रु ५० करोड २६ लाख दुई हजार ७९८, नेपाल दूरसञ्चार कम्पनी रु ४५ करोड सात लाख ९१ हजार १०१, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ५२ लाख ५९ हजार ५१४, एनआइसि एशिया बैंक रु २७ करोड ३७ लाख ९६ हजार ७७९, एभरेष्ट बैंक रु १९ करोड १७ लाख ५० हजार ६७८, शिवमु सिमेन्ट रु १९ करोड एक लाख ६४ हजार ७९९, प्रभु बैंक रु १८ करोड ८६ लाख २६ हजार २८९ र नबलि बैंक रु १६ करोड ८१ लाख नौ हजार ६८३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । कारोबार भएका कूल कम्पनीमध्ये १५२ कम्पनीको शेयर उकालो लागेको छ भने १४ कम्पनीको शेयर ओरालो लागेको छ ।

यस्तै आठ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, हिमालयन डिस्टिलरी १०, नेपाल पुनरबीमा कम्पनी ९.९७, प्राइम बैंक ९.८६, कुमारी बैंक ९.१३, गुराँस लघुवित्त ९.११, नेशनल माइक्रोफाइनान्स ९.११, आशा लघुवित्त ८.१२, नेपाल दूरसञ्चार कम्पनी ७.७८ र सिटिजन बैंकका लगानीकर्ताले ७.०९ प्रतिशतले कमाए ।

त्यस्तै राधी विद्युत् कम्पनी ४.२९, शिवश्री हाइड्रोपावर ३.२९, युनाइटेड फाइनान्स ३.२३, बुटवल पावर २.२२, नेपाल इन्भेस्टमेन्ट बैंकको डिवेञ्चर २.०, छ्याङदी हाइड्रोपावर १.९४, नेपाल एबिआई डिवेञ्चर १.८८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस्

Flash News

हाेराइन जिबिएस स्कुल ड्राइभरटाेलमा डान्स आइकन र ट्यालेन्ट हन्ट तिलोत्तमामा जारी प्रथम टोल स्तरीय सेभेनए साइड फुटबलमा आज फाइनल खेल हुँदै महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय युवाको मृत्यु आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी बुटवलमा सम्पन्न ११ औं एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई विश्वकपका अतिथिलाई खाना खुवाउँछन् नेपालका विनोद, धेरैको रोजाई माछा र तारेको आलु बुटवलको नरैनापुर विद्यालयमा शैक्षिक सुधारसँगै विद्यार्थीको आकर्षण तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन अन्तरविद्यालय क्रिकेटः लुम्बिनी र शान्ति नमूना फाइनलमा संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरेः आयोग आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण बुटवलमा पदक विजेता खेलाडीलाई सम्मान, पत्रकारद्वय पाण्डे र श्रेष्ठ पुरस्कृत बुटवलको ट्राफिक, ठेला, इरिक्सा र पार्किङ व्यवस्थापनको काम एकसाथ अघि बढ्ने