ताजा अपडेट »

हातपात गरेको बिरोधमा लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी धर्नामा

विहीबार, १६ पुस २०७७, १४ : २७
6 Shares

बुटवल । ड्युटिमा खटिइरहेका डाक्टर र प्यारामेडिक्सहरुलाई हातपात गर्नेलाई ६ दिन वित्दा पनि कार्वाही नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी अस्पतालमा धर्ना दिएका छन् । पुस १० गते राति १२ बजे विरामी लिएर आएर आएका रुपन्देहीको सालझण्डीका एक व्यक्तिले ड्युटिमा खटिइरहेका डाक्टर र प्यारामेडिक्सहरुलाई हातपात गरेका थिए ।

अस्पतालको आकस्मिक कक्षमा बिरामी कुरिरहेका बिरामीकै छोराले अस्पतालको ईर्मेजेन्सी विभागका एक जना डाक्टरलाई हातपात गरेको र अन्य तीन जना प्यारामेडिक्सहरुलाई अपशब्द बोलेको भन्दै अस्पताल प्रशासनले प्रहरी समक्ष उजुरी गरेको थियो। उजुरी उपर प्रहरीले कुनैपनि कारवाही अगाडि नबढाएको भन्दै आकस्मिक कक्षमा काम गर्ने डाक्टर, प्यारामेडिक्स तथा कर्मचारीहरुले बिहीवार बिहान आकस्मिक कक्षमा धर्ना दिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ‘विरामीको स्वासप्रस्वासको नलीमा ट्युव राखेको थियो । बिरामीलाई भेन्टीलेटरसहितको आइसीयु आवश्यक रहेको तर बिरामी राख्नका लागि तत्काल आइसीयु वेड खाली नभएको र कोरोनाको पिसिआर परीक्षण गर्नु पर्छ भनेर भन्दै गर्दा उहाँले हातपात गरेको डाक्टरहरुले बताउनु भएको छ ।’ सूचना अधिकारी डा. गौतमले भने ।

आफूहरु माथि हातपात गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएता पनि प्रहरीले कानूनी कारवाहीको प्रक्रिया ६ दिन वित्दासम्म पनि अघि नबढाएकाले बाध्य भएर आन्दोलन गर्नु परेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अब पनि प्रहरी प्रशासनले तत्काल कारवाही प्रक्रिया अगाडी नबढाए अन्य आन्दोलन गर्ने स्वास्थ्यकर्मीहरुको तयारी रहेको अस्पतालका सूचना अधिकारी डा. गौतमले बताए । अहिले ती बिरामीको अवस्था सामन्य रहेको समेत उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।