११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ ए ’को विजेताको हैसियतले सेमिफाइनल पुगेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो ।भने लुम्बिनी समूहको उप –विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

Advertisement

अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उप –विजेता सँग खेल्नेछ । भने लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग पुस १८ गते खेल्नेछ । यता खेलमा एपीएफले प्रस्तुत गरेको १ सय २३ रनको विजयी लक्ष्यलाई पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रनमा सिमित हुन् पुग्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वति पुनले अविजित रहदै १० रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न सकेनन् । बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १(१ हात पारे ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । एपिएफले मध्यम योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय ज्योती पाण्डे र राजमती एरीले ठोस सुरुवात दिलाएका थिए । त्यस क्रममा यी दुई बीच ४४ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । ८।३ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी राजमतीले २५ बलको सामना गर्दै ११ रन बनाइन् । राजमती आउट भएपछि ज्योतीलाई साथ दिन इन्दु वर्मा मैदान आएकी थिइन् । जस अन्तर्गत यी दुईबीच दोस्रो विकेटका लागि ६६ रनको साझेदारी हुन् पुगेको थियो । १७.४ ओभरमा टिमको स्कोर १ सय ४ रन हुँदा दोस्रो विकेटका रुपमा आउट भएकी इन्दुले ३० बलमा ४ चौकासहित २८ रन बनाइन् ।

त्यसपछि ज्योती ४९ रन बनाएर आउट हुन् पुगिन् । अर्धशतक बनाउनमा मात्र १ रनले चुकेकी ज्योतीले उक्त रन बनाउने क्रममा ५४ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् । यस्तै ममता चौधरीले ४ रन बनाउँदा सरिता मगर र सोनु खड्काले अविजित रहदै क्रमशः १० र २ रन बनाए । बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । भने कृतिका मरासैनी र सरस्वती पुनले १–१ विकेट हात पार्न सफल भईन् । अब प्रतियोगितामा मंगलबारदेखि समूह ‘बी’ का खेलहरु सुरु हुनेछ । जस अन्तर्गत दिनको पहिलो खेलमा सुदुर पश्चिमले गण्डकी प्रदेशको सामना गर्दा दिनको दोस्रो खेलमा बागमतीले प्रदेश १ को सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत