ताजा अपडेट »

काङ्ग्रेस रुपन्देहीले १३ गते सबै निर्वाचन क्षेत्रमा बिरोध सभा गर्ने

शुक्रबार, १० पुस २०७७, १५ : ३९
4 Shares

भैरहवा । नेपाली काङ्ग्रेस रुपन्देहीले जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनको विरुद्धमा बिरोध सभा आयोजना गर्ने भएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति रुपन्देहीको आज बसेको बैठकले क्षेत्र स्तरीय बिरोध सभा आयोजना गर्ने निर्णय गरेको हो ।

जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा बसेको बैठकले आउदो सोमबार रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा केपी ओलिले प्रतिनिधिसभा बिघटन गरि संबिधान बिरोधी काम गरेको हुदाँ बिरोध सभा आयोजना गर्ने निर्णय गरेको सचिव राम कृष्ण खाणले जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर १ को धकधइमा आयोजना हुने बिरोध सभाको लागी जिल्ला उपसभापति सरिता चौधरी र सचिब हरि प्रसाद काफ्लेलाई बिरोधसभाको जिम्मेवारी प्रदान गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ को बुटवलमा हुने बिरोधसभाको जिम्मेवारी जिल्ला उपसभापति फणेन्द्र शर्मालाइ दिएको जिल्ला कोषाध्यक्ष दिपक क्षेत्रीले जानकारी दिए । क्षेत्र नम्बर ३ को भैरहवामा आयोजना हुने कार्यक्रमको जिम्मा जिल्ला सचिव राम कृष्ण खाण र कोषाध्यक्ष दिपक क्षेत्रीलाई दिइएको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ को मझगावामा हुने सभाको जिम्मेवारी जिल्ला सदस्यद्वय बिनोद कुमार श्रीवास्ताव र अशोक कुमार त्रिपाठीलाइ बैठकले जिम्मेवारी दिएको छ भने ५ नम्बरको सालझण्डीमा हुने बिरोध सभाको जिम्मेवारी सहसचिव सुनिल प्रसाद मरासिनीले सम्हाल्ने छन । जिल्ला सभापति अब्दुल रज्जाकले केपी शर्मा ओलिले चालेको कदमको बिरोधमा आयोजना गरिएको बिरोधसभामा सहभागी हुन आम सम्पुर्ण काङ्ग्रेस कार्यकर्ता एवम सर्वसाधारणमा अपिल गरेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।