ताजा अपडेट »

फुलबारी गाइजको रुपन्देहीमा खुल्ला फुटसल

बुधबार, ०८ पुस २०७७, १६ : ५३
6 Shares

बुटवल । दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता-२०७७ विहिबारदेखि बुटवलमा शुरु हुने भएको छ । फुलबारी गाइजको आयोजनामा हुने दुई दिने प्रतियोगिताको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले बताएको हो । लुम्बिनी फुटसल एरिया योगिकुटीमा हुने प्रतियोगितामा मुग्लिन, पाल्पासहित जिल्लाका उत्कृष्ट १८ टिमको सहभागिता रहने संयोजक सुशील तामाङले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिने उनले बताए । विहिबार उद्घाटन खेल लाफा एफसी, बुटवल र हिमालय गोर्खा एफसी, खैरेनीका बीचमा हुने छ । क्लबका अध्यक्ष शिव रानाले खेलकुदको माध्यमबाट युवाहरु बीचमा भातृत्व र एकता कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको बताए ।

कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार हसन्त लामाले कोभिड–१९ का कारण मानसिक र शारिरिक पिडामा रहेका खेलाडीहरुलाई प्रतियोगिताबाट खेलमा फर्कन सहयोग मिल्ने बताए। कार्यक्रममा क्लबका सल्लाहकार याम बराल, सन्जु बस्नेत, सचिव तेज बहादुर रानाले युवाहरुको अगुवाईमा खेलकुद र सामाजिक काममा अग्रसर रहेको बताए । प्रतियोगिता सम्पन्न गर्न २ लाख १५ हजार खर्च अनुमान रहेको छ । गतवर्ष स्मृति स्पोर्ट्स एकेडेमीले उपाधि चुमेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।