ताजा अपडेट »

गजल...

बुधबार, ०८ पुस २०७७, १७ : १५
154 Shares

आफ्नैलाई दोषी बनाई, निभ्यो मनको बत्ती
बिंत्याउनलाई आगो बाल्छु, भन्छौ र पो मर्छु
फाटेको यो कोमलमनलाई, टाल्छु भन्छौ र पो मर्छु

हिड्दा हिड्दै बिच बाटोमा, रोक्यौ किन गती
निर्दोषी हुन कदम मेरा, भन्छौ र पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु

चुनावका पर्चा रातमै, छाप्न सक्छु भन्छौ
परीक्षाको दिनसम्म किताव, नआउंदा पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु

फुटपाथमा लुगा बेच्दा, जरीवाना लाउंछौ
लुगा च्याती ईज्जत लुट्दा,अन्धो बन्छौं र पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु

चामल बेची उपचार खर्च, गर्नु पर्छ यहाँ
खाना पछि औषधी खाउ भन्छौ र पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु

मुल बाटोमा खाडल तर्काई, हिड्नु पर्छ यहां
सररर रेलमा लान्छु, भन्छौ र पो मर्छु
फाटेको यो कोमल मनलाई टाल्छु भन्छौ र पो मर्छु ।

उपचार गर्न नसक्ने भए, म व्यहोर्छु, भन्छौ
नसक्नेको प्रमाण खोज्दै, प्राण जान्छ र पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु ।

कोही हुन्नन भोका नाङ्गा, म रहुन्जेल भन्छौ
लाज छोप्न र पेट पाल्नलाई, देश छोड्दा पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु ।

बन्द भाका आंखा खोली, संसार हेर्ने मन छ
ज्योती चांहींदा, दुरबिन दिन्छु भन्छौ र पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु ।

खोला माथि पुल छैन, तुईनको भर पर्छु
जहाज चढाई पारी लान्छु, भन्छौ र पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु ।

दियो बाल्ने तेल सकिंदा, अंध्यारो भो घर
छिमेकीलाई बिधुत बेच्छु भन्छौ र पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु ।

जता हेर्यो पापी मन, ठूलो मान्ने धन
भ्रष्टाचारलाई निर्मुल पार्छु, भन्छौ र पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु ।

आमा मामा सबै उस्तै, एउटै संस्कार सिक्यौ
दुध बिना नै दही बनाउछु, भन्छौ र पो मर्छु
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु ।

देशको मुहार फेर्छु भन्यौ, आफ्नै हेर्यौ एैना
तस्वीर उही एैना फेर्यौ, गल्ती सम्झिएर मर्छु
चिप्ला कुरा त्यसमै विश्वास, गर्छु र पो मर्छु ।
फाटेको यो कोमल मनलाई, टाल्छु भन्छौ र पो मर्छु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।