ताजा अपडेट »

‘मलाई भगवान बन्नु छ’

आइतबार, ०२ असार २०८१, १३ : ४८
316 Shares
आइतबार, ०२ असार २०८१
316 Shares

 अन्जु ज्ञवाली/ हेर्दा अचम्म लागेको होला तर मलाई भगवान बन्नु छ । म भगवान भएर मेरी आमाको रोग लाई हटाउन मन छ । बाबाको दुःख र पसिनाको राम्रो प्रतिफल दिनु छ  । दुःख र पिडाले छटपट्टीएका दुःखीलाई खुशी र सुख दिन मन छ ।सबै पैसाको भोकीलाई पैसा दिएर परिवारमा शान्त वातावरण सिर्जना गर्ने मन छ ।

आफ्ना टाढिएका आफन्तलाई पनि खुसी दिनु छ । मेरो र मेरो परिवारमा आएका अनेक समस्यालाई आफै सम्हालेर समाधान गर्नु छ ।  छोरी  भनेर तल पार्न खोज्ने मेरा समाजमा र आफन्तिको दिमागमा छोराको नराम्रो कर्तुत देखाउनु छ । छोरी  असल अनि बुहारी खराब भनेर भन्ने हरेक आमाबुबालाई बुहारी पनि कसैको छोरी हुन भन्ने बुझाउनु छ ।

हरेक दिन विद्यायालय गएर पढ्न खोज्दा  दिमाग्मा आनेक  पिडायुक्त  परिस्थितिको साम्ना गर्न बाटो खोज्दै गरेको उसको मनबाट उसको पिडा हटाएर उसलाई असल शिक्षा दिनु छ । सबैको जिबनमा काम गर्ने दुःख् भएपनि पिडा नहोस् सबैको परिवारमा खुशी होस अनि सबै निरोगी र असल बनाउन पनि मलाई भगवान बन्न मन छ ।

हो मलाई भगवान बन्न मन छ, मेरी आमको पिडा सबै हटाउन मन छ, बाबाको खुसी र सुख खोज्नु छ, अनि टाढिएका आफन्ती किन्नु छ तेसैले मलाई भगवान बन्नु छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।