ताजा अपडेट »
कविता:

हारजित

आइतबार, ०२ असार २०८१, १६ : ४२
466 Shares
आइतबार, ०२ असार २०८१
466 Shares

अर्जुनदृष्टि

जित्दा जति गर्नुहुन्छ, 
हार्दा पनि त्यती नै गर्नुहुन्छ
हुबहु त्यहि गर्नुहुन्छ, 

कला, कौसल, लडाइ, सघर्ष, समय
उस्तै दुरुस्तै( मैदान एउटै, चुनौती उस्तै, 
हतियार उस्तै, सामर्थ्य उस्तै, गति उस्तै, मति उस्तै
कहिले जित्नुहुन्छ, कहिले हार्नुहुन्छ

तर कथा दुनियाँमा फरकफरक लेखिन्छ
नतिजाको आधारमा मुल्यांकन गरिन्छ 
जित्नुहोस त्यहि सफलताको कथा  बन्छ 
हार्नुहोस त्यहि असफ़ल ब्यथा हुन्छ

जित्नुहोस जुनसुकै कुराको पत्तार हुन्छ
हार्नुहोस जुनसुकै कुराको पट्यार हुन्छ
जित्दा जुनसुकै झुट पनि सत्य हुन्छन् 
हार्दा जुनसुकै सत्य पनि झुट हुन्छन

जित्नुहोस जताततै वाइवाइ हुन्छ
हार्नुहोस जताततै बाइ बाइ हुन्छ
जित्नुहोस गडगडाक ताली वज्छ
हार्नुहोस  गडगडाक गाली बर्षिन्छ

जित्नुहोस सबैको लागि प्रेरक हुन्छ
हार्नुहोस सबैको लागि बेकार हुन्छ
जित्दा सबैको साथ हुन्छ
हार्दा कोहि न कोही हुन्छ !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।