ताजा अपडेट »

लगनशील ‘पारस'

बुधबार, ०८ पुस २०७७, १८ : ००
6 Shares

अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा प्रतियोगिताहरुमा फ्री पोजहरुमा चर्चित स्लिप्ट पोजलाई आफ्नो सिग्नेचर पोज बनाएका खेलाडी हुन तोरण बहादुर अर्थात पारस भुजेल । वि. स. २०४० सालमा पिता खेमराज र माता देबीमायाका कान्छो सन्तानका रूपमा धरान ११ मंगलबारेमा उनको जन्म भएको थियो । २०५८ साल तिर उनिले व्यायाम गर्न थाले । शुरुमा स्वास्थ्य रहन व्यायामशाला धाउने गरेका पारस क्रमशः शारीर सुगठित हुन थालेपछि बडि बिल्डिङ्ग खेल तिर लागे । उनले शारीरिक सुगठन खेलमा प्राप्त गरेका उपलब्धिहरु यसप्रकार रहेका छन् :

वि.स.२०७० सालमा राष्ट्रिय खेलकुद परिषदद्वारा नेपालगंजमा आयोजित चौधौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा हेभीबेट ८० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै प्रथम स्थान हासिल गर्दै मिस्टर नेपालको उपाधि जित्न सफल भए ।

वि.स. २०७० एलाईनेट जिम घरानको आयोजना भएकोमा पाचौं मिष्टर पुर्वाञ्चल उपाधि विजेता ।

वि.स. २०७१ सालमा एलाईनेट जिम घरानको नै आयोजना भएकोमा छैठौं मिष्टर पुर्वाञ्चल उपाधि विजेता ।

वि.स. २०७१ सालमा बुल्समेन पोखराको आयोजनामा भएको राष्ट्रव्यापी सारले छोडन प्रतियोगितामा ७५ केजी भन्दा माथिको समूहमा प्रतिस्पर्धा गते रजत पदक जित्न सफल।

वि.स. २०७२ सालमा राष्ट्रिय खेलकुद परिषदद्वारा काठमाडौंमा आयोजित पन्ध्रौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा हेभीबेट ८० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै रजत पदक ।

पारस बैदेशिक रोजगारीका शिलशिलामा चार बर्ष जति साउदी अरबमा जिम ट्रेनरका रुपमा अनुभव लिने अवसर पाए । पहिलो प्रतियोगितामा नै मिष्टर नेपालको उपाधि जित्न सफल भएको क्षण नै उनका लागि जीवनमा सबैभन्द सुखद क्षण रह्यो । उनले जीवनमा सबैभन्द दुखद क्षण संझदा पन्ध्रौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता उनलाइ स्मरण आउछँ । त्यो प्रतियोगितामा ८० केजीमा उनको र प्रवेस श्रेष्ठ वीचमा निकै कडा प्रतिस्पर्धा भयो तर नतिजा प्रवेशको पक्षमा गयो । उनले रजत पदकमा चित्त बुझाउनु पर्यो । आज पनि उनलाई त्यो क्षणले निकै पिडा दिन्छ ।

फुर्सदको समयमा टेलिभिजनमा फुटबल हेर्न रुचाउने पारसलाई शारीरिक सुगठन खेलबाट देशभरि आफ्नो पहिचान बनाउन पाएकोमा खुशी लाग्छ । शारीरिक सुगठन खेल अन्य खेलका तुलनामा कठिन र बढी खर्चिलो रहेको उनको बुझाई छ । हाल लामो समयदेखि जीवन निर्वाहका लागि वैदेशिक रोजगारीमा हङ्गकङ्गमा जोखिमपूर्ण मानिने स्क्याफोल्डिङमा काम गर्दै आएका छन् । आगामी योजना बारे प्रश्नको जवाफमा उनले भने, ‘नेपाल फर्के पछि धरानमा ठुलो एउटा अन्तराष्ट्रिय स्तरको जिम हल खोल्ने रहर छ मेरो ।’

राष्ट्रिय च्याम्पियन बनी सकेका पारस जस्ता प्रतिभावन खेलाडीहरुले समेत हातमुख जोड्न विदेशिनु पर्ने बाध्यताले राज्य संचालकहरु खेल र खेलाडीप्रति कति गम्भिर छन्, बुझ्न काफि छ । प्रतिभा पलायनका यस्ता घटना दोहरिन नदिन आगामी दिनमा नीति निमार्ण तहमा रहेकाहरुले बिचार पुर्याउन आवश्यक देखिन्छ ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार