ताजा अपडेट »

संसद विघटनविरुद्ध सांसदहरुद्वारा सर्वोच्चमा रिट दर्ता

मंगलबार, ०७ पुस २०७७, १६ : १०
8 Shares

काठमाडौँ । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रचण्ड–नेपाल पक्षका सांसदहरुले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

मंगलबार दिउँसो प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले सर्वोच्चमा पुगेर रिट दर्ता गराएका हुन् । प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट भएको संसद विघटनको निर्णयबाट ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको उनीहरुको आरोप छ । रिटमा प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई विपक्षी बनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।