ताजा अपडेट »

प्रचण्ड–नेपाल पक्षका सांसदहरु सर्वोच्चमा

मंगलबार, ०७ पुस २०७७, १५ : ५०
6 Shares

काठमाडौँ । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न सत्तारुढ नेकपाका सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । मांगलबार दिउँसो नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री संसद विघटन बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट भएको संसद विघटनको निर्णयबाट ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको उनीहरुको आरोप छ । उनीहरुको रिट दर्ताको प्रक्रियामा रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।