ताजा अपडेट »

आज विश्व पुस्तक दिवस

मंगलबार, १० बैशाख २०७६, १४ : ४१
56 Shares

वैशाख १०,

काठमाण्डौ । आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस । पुस्तकहरु स्वतन्त्र र खुला समाजका आधार स्तम्भ हुन् भन्ने मान्यता तथा पुस्तक, लेखक र प्रतिलिपी अधिकार सुरक्षित राख्ने कानुनको सम्मानमा जोड दिंदै नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९५ देखि अप्रिल २३ तारिखका दिन यो दिवस विश्वभर मनाउन थालिएको हो । अप्रिल २३ तारिख विश्व प्रसिद्ध नाटककार विलियम शेक्सपियरको निधन भएको दिन पनि हो । नेपालमा पुस्तक तथा प्रतिलिपी अधिकार दिवस मनाउन थालिएको केही वर्ष मात्रै भएको छ ।

पछिल्ला वर्षमा पुस्तक पढ्ने बानी बढ्दै गएको श्रष्टाहरुको भनाई छ । सर्जकको अनुमति बिना कुनै पनि सामाग्रीको नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ ।तर कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा सिर्जना चोरी हुने क्रम रोकिएको भने छैन । प्रतिलिपी अधिकारको संरक्षण र कानून कार्यान्वयका लागि श्रष्टाहरु नै सजग हुनुपर्ने र व्यवसायीकतामा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।