२० मंसिर २०७९, मंगलवार

Dec 6, 2022

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अमेरिकी नागरिकहरुलाई उपलब्ध गराउने बताएका छन् ।

उनले आफू पदमा आएको पहिला महिना नै महामारी अन्त्य गराउन नसक्ने भए पनि उक्त महिनामा यसको अवस्थामा उल्लेख्य परिवर्तन आउने उनको भनाइ छ । बाइडनले जनवरीमा पदभार ग्रहण गर्ने बेलाको लागि आफ्नो स्वास्थ्य टोलीको घोषणा गर्दै उनले अमेरिकी नागरिकहरुलाई आफ्नो पहिलो एक सयदिनको कार्यकालमा मास्क लगाउन आग्रह गरेका छन् ।मंगलबार अमेरिकामा फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपले अनुमति पाउने बाटो खुलेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म एक करोड ५० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने दुई लाख ८५ हजारभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ । पछिल्लो केही समययता अमेरिकाका विभिन्न राज्यहरुमा कोरोना संक्रमण अहिलेसम्मकै सबैभन्दा उत्कर्षमा पुगेको छ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पनि कोरोना भाइरसको मुद्दालाई बाइडनले महत्वपूर्ण विषयको रुपम उठाएका थिए । उनले आफ्नो कार्यकालमा पहिलो प्राथमिकता यो महामारी नियन्त्रण गर्नु नै हुने बताउँदै आएका छन् ।–बीबीसी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै मेयर शाहलाई ज्ञापनपत्र काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता दिक्क मानेर कार्यालयमा बस्ने भन्दै मालिकले निकालिदिए, अदालतले पुनर्वहाली गरिदियो लागुऔषधसहित ५ जना पक्राउ मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रकाशमानले प्रधानमन्त्री देउवालाई बुझाए ध्यानाकर्षण पत्र जनप्रतिनिधि आएको आठ महिनासम्म लालपुर्जा वितरण नभएपछि बर्दिवासवासी चिन्तित मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय मूकदर्शक सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने रोनाल्डो किन्‍न साउदी क्लब तयार सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टले माग्यो ६ जना पाइलट अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु नेपाली अर्थतन्त्रको उल्टो यात्रा गृहमन्त्रीको चेतावनीलाई टेरेनन् मुख्यमन्त्रीले, बुटवलबाट रातारात मन्त्रालय दाङ देशभर चिसो बढ्यो, तराईमा साझ विहान हुस्सु वायु प्रदूषणः चीनमा हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु महाकालीको समस्या समाधानका लागि नेपालले आज कूटनीतिक नोट पठाउँदै