ताजा अपडेट »

के हो जिन्दगी ?

शनिबार, २० मंसिर २०७७, १८ : ३३
26 Shares

पिडा र वेदनाको अनन्त बास हो जिन्दगी
फगत जलेको रांख हो जिन्दगी !
कल्पनामा मात्र सीमित मधुमास हो जिन्दगी
यथार्थमा केवल जिवित लाश हो जिन्दगी !!

कारुणिक चिन्तामा लिप्त श्वास हो जिन्दगी
संवेदना र दया विहिन अतिप्त रास हो जिन्दगी !
मृत्युबाट भाग्ने असफल प्रयास हो जिन्दगी
कर्कलाका पातमा अडिएको पानीको आश हो जिन्दगी !!

विना छन्दको अनुप्राश हो जिन्दगी
सबै तिरबाट तिरष्कृत उपहास हो जिन्दगी !
आखिर श्रणिक महलको तास हो जिन्दगी
आकांक्षा अन्त्य हीन चाहनाको दास हो जिन्दगी !!

चिन्तन र सुविचारको नाश हो जिन्दगी
न निल्नु न ओकल्नुको गाँस हो जिन्दगी !
विक्षिप्त कुण्ठा कठोरता युक्त अभिशाप हो जिन्दगी
विसंगति घृण र आकोशको सन्ताप हो जिन्दगी !!

अविरल संघर्ष पछिको लामो सन्याश हो जिन्दगी,
अभाव र जटिलताहरु वीच बाँच्ने झुठो प्रयास हो जिन्दगी !
आशा एंव उत्साहको संहार हो जिन्दगी
नियतीको कठोर प्रहार हो जिन्दगी !!

अर्थहिन शब्दहरु द्वारा रचिएको जालो हो जिन्दगी
भोका नाङ्गा लालावालाको आङ्गको टालो हो जिन्दगी !
अनायास चीताको बेदीमा सजिएको लाश हो जिन्दगी
फगत केवल केवल बकवास हो जिन्दगी !!

https://www.globalaawaj.com/archives/66410
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार