ताजा अपडेट »

बेलायतमा फाइजर-बायोएनटेकको कोरोना खोप प्रयोग गर्न अनुमति

बुधबार, १७ मंसिर २०७७, १४ : ००
8 Shares

काठमाडौँ । बेलायतले फाइजर-बायोएनटेकले बनाएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोगलाई अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए)ले खोप ९५ प्रतिशत सुरक्षित रहेको भन्दै प्रयोग गर्न अनुमति दिएको हो ।

यससँगै बेलायत कोरोनजाविरुद्धको खोप प्रयोगको अनुमति दिने विश्वको पहिलो देशसमेत बनेको छ । बेलायत सरकारले ४ करोड डोज माग गरिसकेको छ । यो संसारमा सबभन्दा द्रुत विकसित खोप हो जुन बनाउन १० महिना लाग्यो। सामान्यतया, यस्तो खोप तयार गर्न एक दशकसम्म लाग्छ।यद्यपी विज्ञहरू भन्छन्, 'यो खोपको बाबजुद पनि व्यक्तिहरूले संक्रमण रोक्नको लागि नियमहरू पालना गर्नुपर्दछ।'

यो खोपले कसरी काम गर्दछ ?

यो नयाँ प्रकारको एमआरएनए कोरोना भ्याक्सिन हो जसले महामारीको समयमा संकलित कोरोना भाइरसको आनुवंशिक कोडको सानो टुक्रा प्रयोग गर्दछ। कम्पनीका अनुसार आनुवंशिक कोडका साना टुक्राहरूले शरीर भित्र प्रतिरोध क्षमता बढाउँछ र कोविड-१९ विरुद्ध लड्न शरीरलाई तयार गर्दछ।

यसभन्दा पहिले कहिले पनि एमआरएनए खोप मानवमा प्रयोगको लागि अनुमोदित भएको छैन। यद्यपी, क्लिनिकल परीक्षणको क्रममा मानिसहरूलाई यस किसिमको खोपको खुराक दिइन्छ।एमआरएनए खोपले प्रतिरक्षा प्रणालीलाई कोरोना भाइरसविरुद्ध लड्न र टी-सेल सक्रिय पार्न र संक्रमित कोषहरूलाई नष्ट गर्न एन्टिबडीहरू बनाउने बताइन्छ ।

भाइरससपछि जब यो व्यक्ति कोरोना भाइरस संक्रमित हुन्छ, तब उसले आफ्नो शरीरमा बनाएको एन्टिबडी र टी-सेल भाइरस विरुद्ध लड्न थाल्छ।

https://www.globalaawaj.com/archives/67013
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।