ताजा अपडेट »

मिजाशिला स्वभावका विकास

आइतबार, १४ मंसिर २०७७, १७ : ५८
2 Shares

विकास प्रधानको जन्म काठमाडौंको भिमसेन स्थानमा भएको थियो । वि.सं. २०४२ सालतिर नेपाल व्यायाम मन्दिरको सदस्यता लिएर विकासले व्यायाम गर्न सुरु गरे । उनको जिम पार्टनर ज्ञानेन्द्र नकर्मी थिए । उनले शारीरिक सुगठन खेलमा प्राप्त गरेका उपलब्धीहरु यस प्रकार रहेका छन् ।

- २०४३ साल चितवनमा भएको छैठौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा उनले स्वर्ण पदक जित्दै मिष्टर नेपालको उपाधि जित्न सफल भए ।

- २०४५ साल दाङमा भएको सातौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा पनि उनले स्वर्णपदक जते ।

- २०४६ साल धनगढीमा आयोजित आठौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा आफ्नो बजन समुहमा मिष्ठर नेपालीको पदवी पाए ।

- २०५१ सालमा धरानमा भएको दशौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनी आफ्नो चिरपरिचित ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्दै लगातार चार पटक मि. नेपाल जित्ने इतिहास कायम गर्न सफल भए ।

विकास प्रधानले राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा मात्र भाग नलिएर अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा समेत सहभागिता जनाउने अवसर पाए । वि.सं. २०५१ सालमा मलेसियामा सम्पन्न ३० औ एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनले सहभागिता जनाउने अवसर पाए । वि.सं. २०५० सालतिर उनले काठमाडौंको भानुज फिटनेसमा प्रशिक्षक भएर समेत काम गरेका थिए । विकासले आफ्नो जिम प्रशिक्षकका रूपमा शारीरिक सुगठनका अग्रज खेलाडी सरोज श्रेष्ठलाइ मान्दछन् । बलिष्ठ र सुगठित शरीर बनाएका विकासलाई देशभरि हुने शारीरिक सुगठन प्रतियोगितामा डमोष्ट्रोसनका लागि बोलाउन थालियो ।

वि.सं. २०४७ सालमा आयोजित प्रथम मिस्टर कोशी आयोजक तथा शारीरिक सुगठन खेलका अन्तर्राष्ट्रिय निर्णायक नरेश सिंह मल्ल विकासको बारेमा चर्चा गर्दै भन्छन्, ‘उनी निकै नै सहयोगी र मिजासिला स्वभावका थिए । हाम्रो निमन्त्रणा स्वीकार गरेर guest posing का लागि उनी काठमाडौं देखि विराटनगर सम्म आई दिए ।’ ०५२ सालतिर उनको विवाह भयो । यसपछि उनी वैदेशिक रोजगारीका शिलशिला जापान तिर लागे । जापानमा समेत उनले प्रतियोगितामा सहभागीता जनाउने अवसर पाए । सन् १९९८ मा जापानको टोकियोमा आयोजित टोकियो बेञ्च प्रेस च्याम्पियनसिपमा ८२.५ केजि मा सहभागी हुदै १८७.५ केजी वजन उचालेर रेकर्ड बनाउन सफल भए ।

सन् २००१ मा जापानको ओसाकामा आयोजित Japan National Bench Press Championship मा उनले २०५ केजी वजन उठाउन सफल भएको उनले बताए । हाल उनी जापानमा नै बसोबास गर्छन् । आजसम्म पनि उनमा शारीरिक सुगठन खेल प्रतिको मोह कम भएको छैन । नेपाल फर्किएर खेल क्षेत्रको विकासमा केही गर्न उनको ठूलो धोको छ ।

https://www.globalaawaj.com/archives/66135
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार