ताजा अपडेट »

के हो जिन्दगी ?

शनिबार, १३ मंसिर २०७७, १४ : १३
166 Shares

विश्वास र चाहना मिश्रित श्वास हो जिन्दगी ।
करुणासँग प्रेमले भरिएको राश हो जिन्दगी ।।
माधुर्यता सामिप्यता पछिको मधुमास हो जिन्दगी ।
मिलेका छन्दद्वारा रचित अनुप्राश हो जिन्दगी ।।

सफलता प्राप्तितर्फ उन्मुख प्रयास हो जिन्दगी ।
कर्कलाको पानी बीच बाच्ने आश हो जिन्दगी ।।
अबिरल संघर्ष पछि जितको साहस हो जिन्दगी ।
अभाव र जटिलताबीच बाच्ने सत्प्रयास हो जिन्दगी ।।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार