१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

भैरहवा । कोभिड महामारी बीच भैरहवादेखि काठमाण्डौसम्मको लागि अत्याधुनिक बस सेवा सञ्चालनमा आएको छ । सिद्धार्थ सार्वजनिक यातायात प्रालीले बिहिबारदेखी ४ वटा अत्याधुनिक बस सुरु गरेको जनाएको छ ।

कोभिडबाट हुने जोखिमलाई ध्यानमा राख्दै यसबाट जोगिन बसमै फेस सिल्ड, सेनिटाइजर, मास्क र पञ्जा प्रदान गरिने छ । यति मात्र हैन बसमा रहेको सिटको बनावट पनि सामाजिक दुरी ख्याल गरि बनाइएको सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष सञ्जिव रोक्काले बताए । उनले बस ४० सिट क्षमताको रहे पनि ३० वटा मात्र सिट जडान गरिएको बताए । सोफाको आभास दिलाउने सिटले सेवाग्राहीको यात्रा थप सहज र सुरक्षित बनाउने रोक्काको भनाई छ ।

पूर्णतया वातानुकुलित रहेको बसमा मोबाइल होल्डर, मोबाइल चार्जर, पंखा, बत्तीको सुविधा रहेको छ । काठमाण्डौंसम्मको लागि प्रति यात्रु १ हजार भाडा तोकिएको छ । यसमा यात्रुलाई सुरक्षा सामाग्रीको साथै नास्ता र पानी बसमै उपलब्ध गराईने प्रालीका अध्यक्ष रोक्काले जानकारी दिए । बिहिबार सुरु हुने बस सेवाको सुरुवात लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई र सिद्धार्थ सार्वजनिक यातायात प्रालीका अध्यक्ष सञ्जिव रोक्काले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै