१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

मोरङ । लाञ्छनारहित सुरक्षित गर्भपतनका लागि समाजमा जनचेतना जागृत गराउन सञ्चारकर्मीको ठूलो भूमिका रहेको यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल परिवार नियोजन सङ्घ मोरङद्वारा बुधबार यहाँ आयोजित ‘लाञ्छनारहित सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण’ कार्यक्रममा उनीहरुले महिलाको आफ्नो शरीरमा पहिलो हक हुनाले सुरक्षित गर्भपतन मानवअधिकारको हक पनि रहेको बताएका हुन् । 

Advertisement

सामाजिक लाञ्छनाका कारण महिलाको आत्महत्यामा वृद्धि हुने, उनीहरुमा आत्मविश्वाको कमी हुने, सामाजिक बहिष्कार हुने, वैवाहिक सम्बन्ध टुट्ने, तथा असुरक्षित गर्भपतन हुँदा मातृमृत्युदर बढ्ने हुनाले यसलाई नियन्त्रण गर्न सञ्चारकर्मीहरुले आफ्नो क्षेत्रबाट सुरक्षित गर्भपतनका सम्बन्धमा जागृत गराउने भूमिका खेल्नुपर्नेमा उनीहरुको जोड थियो ।

सङ्घ जिल्ला प्रमुख शङ्कर दाहालले लाञ्छनारहित सुरक्षित गर्भपतन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने केन्द्रीय सदस्य सुवास निरौला र युवा संयोजक स्नेहा गुभाजुले सुरक्षित गर्भपतन बाध्यात्मक परिस्थितिको उपज हो, यो परिवार नियोजनको साधन होइन भने ।

सङ्घले सन् २०२० को पहिलो छ महिनाको अवधिमा ५१ हजार व्यक्तिलाई विभिन्न प्रकारका सेवाप्रवाह गरेको छ । कोरोना महामारी यस विषम परिस्थितिमा पनि सङ्घले आफ्नो सेवालाई निरन्तर प्रवाह गरिरहेको छ भने ‘निःशुल्क सेनेटरी प्याड’ वितरणका सम्बन्ध केन्द्रमा प्रस्ताव पठाएको प्रमुख दाहालले जानकारी दिए । सङ्घले दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मीहरुबाट १२ हप्तासम्मको सुरक्षित गर्भपतन न्यूनतम शुल्कमा गर्दै आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण