ताजा अपडेट »

रुपन्देहीकी एक महिलाले गरिन् आफ्नै तीन सन्तानको हत्या

शनिबार, ०१ कार्तिक २०७७, २२ : २८
36 Shares

बुटवल । रुपन्देहीकी एक महिलाले अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गरेकी छन् । अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिय नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ जना बालबालिकाको हत्या गरेकी हुन् । समाचारमा आफ्ना बच्चाहरुको हत्या गरेर पुलिसलाई खबर गरेको उल्लेख गरेको छ ।

मृतक तीनजना बालबालिकाहरु ८ महिनाका एक छोरा एवम् तीन र ९ वर्षकी वर्षकी २ छोरी थिए । तीन सन्तानको हत्यापछि उनले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको खबरमा रहेको छ । समाचार अनुसार महिलाले शनिबार बिहान सन्तानको हत्यागरी ५ बजेपछि पुलिसलाई स्वयम् खवर गरेको पत्रिकाले लेखेको छ ।

अष्ट्रियामा रहेका रुपन्देहीका ती महिला र उनका श्रीमान केही वर्षदेखि त्यहाँ बस्दै आएको र उनीहरुबीच कलह एवम् झगडा पनि हुँदै आउने एक नेपालीले बताए । झगडा र विवादका कारण केहि समययता श्रीमान–श्रीमती छुट्टै बस्ने गेका थिए भने बालबालिकाहरु आमासँगै थिए । घटनाको विषयमा बिस्तृत अनुसन्धान भैरहेको र कारण अझै स्पष्ट नभएको भियना प्रहरीले जानकारी दिएको समाचारमा छ । सो घटनाप्रति भियतना स्थित नेपाली राजदूतावासले खेद प्रकट गरेको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।