६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

चैत २२,

Advertisement

भैरहवा । विद्युत् अभाव झेलिरहेको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेजमा) लामो समयको पर्खाइपछि सब स्टेसन निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ । सब स्टेसन बनेपछि मात्रै उद्योगीहरूले माग अनुसारको बिजुली पाउने भएका छन् । यसका लागि सब स्टेसन निर्माणको अन्तिम प्रक्रिया सुरु गर्न लागिएको छ ।


विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) सम्म विद्युत् प्रसारण लाइन पु¥याए पनि सेजले बनाउनुपर्ने ३३÷११ केभीको सब स्टेसन निर्माणको प्रक्रिया सुरु नहुँदा बिजुली अपुग छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका सिभिल इन्जिनियर अरुण भट्टका अनुसार यही चैत महिनाभित्रै सब स्टेसन निर्माणका लागि बोलपत्र आह्वान गरिँदै छ । “बोलपत्र आह्वानपछि निर्माणको प्रक्रिया सुरु हुन्छ, सकेसम्म चाँडै सब स्टेसन निर्माण गर्ने गरी हामी अगाडि बढेका छौँ”– भट्टले भन्नुभयो । 
भैरहवा सेजले त्यहाँ सब स्टेसन बनाउने र ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् दिने छ ।

“केही समयअघि भैरहवा सेजमा बिजुली पुगेन, विद्युत् प्राधिकरण र सेज प्राधिकरणबीच विवाद भयो भन्ने कुरा पनि आएको थियो, तर अब धेरै समय त्यो अवस्था रहँदैन, चैतभित्र टेन्डर भएपछि निर्माणको प्रक्रियामा जान्छ”–भट्टले भन्नुभयो ।

विद्युत् प्राधिकरणले छ मेगावाटसम्म आफ्नै प्रशारण लाइनमार्फत उपलब्ध गराउने भनेको छ । अहिले शक्ति मिनरल्सले नै एक मेगावाट बिजुली पाइरहेको अवस्था छ । भट्टका अनुसार अझै पाँच मेगावाट बिजुली उपभोग गर्न सकिन्छ । छ मेगावाटभन्दा धेरै बिजुली चाहिने अवस्थालाई ध्यानमा राखी सब स्टेसन बनाउन बोलपत्र आह्वान गर्ने अन्तिम तयारी गरिरहेको पनि भट्टले जानकारी दिनुभयो । “त्यो पनि छिट्टै नै सम्पन्न भएपछि ३० मेगावाटभन्दा धेरै बिजुली सेजमा उपलब्ध हुन्छ”–उहाँले भन्नुभयो । 


विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगले आफूले उत्पादन गरेको वस्तु ६० प्रतिशत मात्रै निकासी गरे पुग्छ । सरकारले विदेशी लगानीलाई आकर्षित गर्न केही समयअघि संसद्बाट विशेष आर्थिक क्षेत्र ऐनलाई संशोधन गरेर ४० प्रतिशत वस्तु स्वदेशमै बेच्न पाउने प्रावधान बनाएको हो । यसअघि सेज क्षेत्रभित्र स्थापना भएका उद्योगले ७५ प्रतिशत उत्पादन निकासी गर्नुपर्ने व्यवस्था थियो । विशेष आर्थिक क्षेत्र (सेज) का सूचना अधिकारी सुन्दर थापाले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न निकासीको सीमा बढाइएको बताउनुभयो । 


देशी तथा विदेशी लगानीकर्ताले सेजमा स्थापना भएका उद्योगले ५० प्रतिशत मात्रै निकासी गर्नुपर्ने व्यवस्थाका लागि आग्रह गरेका थिए । अहिले भैरहवा सेज मात्रै सञ्चालनमा छ । भैरहवा सेजमा २२ वटा उद्योगले पूर्वाधार तयार पारिरहेका छन् । २२ मध्ये शक्ति मिनिरल्स प्रालिले डोलामाइटको परीक्षण उत्पादन सुरु गरिसकेको छ । 


भैरहवा सेजमा ६८ वटा प्लट छन् । विराटनगरका उद्योगीले समेत सेजभित्र रहेका उद्योगले ७५ प्रतिशत वस्तु निकासी गर्ने व्यवस्था हटाउन माग गर्दै लविङ गरेका थिए । 
विशेष आर्थिक क्षेत्र प्राधिकरणका सिभिल इन्जिनियर भट्टले उद्योगीहरूका लागि सेज राम्रो औद्योगिक गन्तव्य भएको बताउनुभयो । उहाँले सबै पूर्वाधारसहित करमा समेत ठूलो छुट दिएकाले उद्योग स्थापना गर्दा फाइदा पाउने बताउनुभयो । 


“बाहिर उद्योग स्थापना गर्दा जग्गा नै पाउन मुस्किल छ । त्यसमा पनि बिजुली, पानीलगायतका पूर्वाधार ल्याउन कठिन छ”– उहाँले भन्नुभयो– “सबै सुविधा भएको सेजमा उद्योग स्थापना नयाँ उद्योगीका लागि अवसर पनि हो । ” उहाँले सेजभित्र स्थापना हुने उद्योगले आयकरदेखि प्लान्ट मेसिनरीमा समेत छुटको व्यवस्था रहेको बताउनुभयो ।-गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार