ताजा अपडेट »

भैरहवाको रेडसनमा नयाँ वर्ष साँझ

विहीबार, २१ चैत्र २०७५, १४ : ०१
10 Shares

चैत २१,
भैरहवा । यूवा पुस्ता माझ नेपाली नयाँ वर्षलाई रमाइलोका साथ मनाउने प्रचलन बढेसंगै वर्षको अन्तिम दिनलाई बिदाई गर्दै नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन पनि बढ्दो छ । यसै क्रममा भैरहवाको बोधी रेडसन होटल प्रा.लि.ले नयाँ वर्षको अवसरमा ''न्यू इअर इभ-२०७६'' को आयोजना गर्न लागेको हो । नयाँ वर्ष २०७६ को पूर्व सन्ध्यामा यहि चैत्र ३० गते शनिबार बोधी रेडसन होटल भैरहवामा उक्त कार्यक्रम हुन गईरहेको हो ।

कार्यक्रममा चर्चित गायक एवम् संगितकार सुगम पोखरेल, गायिका सन्ध्या जोशी एवम् सुकर्म व्याण्डका साथमा डि.जे. कर्लीको बिशेष प्रस्तुति रहने होटलका मार्केटिङ्ग एक्जुकेटिभ रितेस चित्रकारले बताए । एकहजार रुपैया प्रबेश टिकट राखिएको सो कार्यक्रममा सहभागीले कम्प्लिमेन्ट्री ड्रिङ्कसका साथै डोर प्राइजका रुपमा विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु समेत प्राप्त गर्न सक्नेछन् ।

द पिक हस्पिटालिटी ग्रुपले होटलको व्यवस्थापन सम्हालेपछि होटलका सेवा सुबिधा हरुको समेत थप स्तरोन्तीसंगै नयाँ वर्ष साँझको आयोजना गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।