११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

नेपाली शारीरिक सुगठनका पुराना खेलाडीहरुको फेरिहस्त खोतल्दा तिनै उत्कृष्ट खेलाडी मध्ये एक गनिन्छन्, तिर्थ महर्जन । काठमाडौंको कालीमाटीमा वि.सं. २०१८ सालमा उनको जन्म भएको थियो । वि.सं. २०३३ साल तिर युवा अवस्थामा साथीहरुको संगतमा लागेर ड्राइगन क्लब ओमबहालमा व्यायाम गर्न शुरु गरे । त्यही क्लबबाट उनले वि.सं. २०३८ सालको मिस्टर काठमाडौंमा आफु शर्ट हाइट बिधामा विजेता बनेको उनले बताए ।

Advertisement

त्यो बेलाका शारीरिक सुगठन प्रतियोगिताहरु आज जसरी बजन समुहमा नभएर उचाईका आधारमा हुने गरेको उनि सम्झिन्छन् । ५.२ फुट सम्मको शर्ट हाइट,५.२ फुट देखि ५.६ फुट सम्म मिडल हाइट र सो भन्दा माथि टल हाइट गरि तिन समुहमा प्रतियोगिता हुने गरेको उनी बताउँछन् । त्यसै साल राखेपले नेपाली खेलकुद क्षेत्रको प्रथम वृहत राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै थियो, जसमा शारीरिक सुगठन खेलपनि समावेश थियो । त्यस प्रतियोगितामा ५८ केजी बजन समुहमा उनि दोश्रो हुन सफल भए । वि.सं. २०३९ सालमा राजबिराजमा आयोजनामा भएको दोश्रो राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनले आफ्नो बजन समुहमा रजत पदक प्राप्त गरे ।

वि.सं. २०४० सालमा पोखरामा भएको तेश्रो राष्ट्रिय प्रतियोगितामा उनी मिष्टर नेपालको उपाधि लिन सफल भए । त्यसपछि २०४१ सालमा धनगढी र ४२ सालमा वीरगञ्जमा भएको चौथौं र पाचौं राष्ट्रिय प्रतियोगिताहरु लगातार उनी मिष्ट्रर नेपाल भए । सो प्रतियोगितापछी भने विविध कारणले यस खेलबाट सन्यास लिएको उनी बताउँछन् । त्यसपछि महर्जनले शारीरिक सुगठन राष्ट्रिय निर्णायकको रुपमा काम गरे । अहिले उनका छोरा सुविन महर्जन समेत पिताको पदमार्गलाइ पछ्याउँदै यसै खेलसँग आबद्ध छन् । एकाघरका दुई पुस्ता एउटै खेल विधामा लागेका बिरलै देख्न पाईन्छ । सुविनले पनि धर्म श्री र मिष्ट्रर नेपाल शारीरिक सगठन प्रतियोगिताहरुमा सहभागिता जनाउदै पदक यात्रा प्रारम्भ गरिसकेका छन् ।

आफुले पूरा गर्न बाँकी रहेका केही सपनाहरु छोराको माध्यमबाट पुरा भएको हेर्न चाहान्छन्, तिर्थ । प्रतियोगिताहरुमा सक्रिय हुँन छाडेपनि हिजोआज तिर्थ आफुसँग भएको व्यायामका शिल्पहरु अन्य खेलाडीलाई बाँड्दै छन् । शारीरिक सुगठनका चर्चित खेलाडी सचित प्रधान, बिरु महर्जन र राजेश मानान्धर जस्ता खेलाडीहरुलाई लामो समयसम्म च्याम्पियन बनी रहने शिप सिकाउने, उनै तिर्थ हुन् । त्यसो त महर्जनले शारीरिक सगठन राष्ट्रिय निर्णायकको लाइसेन्स उनले ४९ सालमा नै लिइसकेका थिए तर लामो समय त्यसमा दिन सकेनन् । जीवनमा सबैभन्दा बढी खुशीको क्षण सम्झँदा पोखरामा भएको प्रतियोगितामा मि नेपालको उपाधि जितेको पललाई मान्छन्, तिर्थ ।

विगतमा नेपालमा एउटै रहेको शारीरिक सुगठन संघमा लागेका साथीभाइहरु हिजोआज विभाजित भई दुईवटा संघमा बिभक्त भएको मन परेको छैन उनलाई । तिर्थले शारीरिक सुगठन खेलको आधार स्तम्भ नेपाल व्यायाम मन्दिरमा ३९ साल देखि झन्डै ३ दशक कोषाध्यक्षका रुपमा कोषको जिम्मेवारी सम्हाले । खेलाडीले जीवनभर खेल खेलेर नेपालमा आखिर पाउने भनेको उही सम्मान मात्र त हो ! उनले पनि लामो समय शारीरिक सुगठन खेल प्रतिको योगदान गरे वापत नेपाल शारीरिक सुगठन तथा फिटनेश संघ र नेपाल व्यायाम मन्दिरबाट कदर पत्र स्वरुप सम्मानित भएका थिए । आज झन्डै गुमनाम र ओझलमा रहेका तिर्थ महर्जना जस्ता होनहार बडी बिल्डरको खोजीनीति हुन जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ