ताजा अपडेट »

रुपन्देहीमा क्वारेन्टिनमा बसेका युवाले गरे आत्महत्या

विहीबार, ०१ असोज २०७७, १५ : ४९
12 Shares

बुटवल । रुपन्देहीमा क्वारेन्टिनमा बसेका युवाले आत्महत्या गरेका छन् । जिल्लाको देवदह नगरपालिका–४ सेमराना स्थीत जनजाती भवनको क्वारेन्टिनमा बस्दै आएका सोही स्थानका २५ वर्षीय पिताम्बर पान्डेले गयराति झुण्डिएर आत्महत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ ।

पान्डे सोही क्वारेन्टाईनको बाहीर पट्टी छतको ढलानको छेउमा फलामको रडमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी भदौ १७ गते भारतबाट आई क्वारेन्टिनमा बसेका थिए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।