१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । लायन्स क्लब अफ ३२५ बि २ अन्तर्गत रहेको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले वर्ष २०२०/०२१ को लागि सदस्यहरुलाई पदीय जिम्मेवारी प्रदान गरेको छ । क्लबको प्रथम बोर्ड बैठक बस्नु अगावै जिम्मेवारी बाडँफाडँ गरेको भएपनि लायन्स क्लबका अगुवा नवराज न्यौपाने र नेत्रप्रसाद आचर्यको आतिथ्यता रहेको प्रथम बोर्ड बैठकले क्लबका सदस्यहरुलाई पीन वितरण गरेर बोर्डको जिम्मेवारी प्रदान गरेको हो ।

लायन्स क्लब अफ ३२५ बि २ अन्तर्गत रहेका क्लबमध्ये ५६ जना संस्थापक सदस्य रहेको भैरहवा ग्रीनसिटीको बर्ष २०२०/०२१ को बोर्डको अध्यक्षमा शिवनाथ गुप्ता, प्रथम उपाध्यक्षमा गोबिन्द प्रसाद गिरी, द्वितीय उपाध्यक्षमा नरेश के.सी, तृतीय उपाध्यक्षमा मनोज क्षेत्री, सचिवमा भिमबहादुर थापा, सहसचिवमा रोशन शर्मा, कोषाध्यक्षमा विनोद यादव तथा सह–कोषाध्यक्षमा कपिल चापागाई चयन भएका छन् । विभिन्न व्यक्तिहरुको नेतृत्वमा विभिन्न समिति चयन गरेको बैठकमा भैरहवा ग्रीनसिटीले बर्ष २०२०/०२१ को लागि बार्षिक कार्ययोजना समेत पारित गरेकोसचिव भिमबहादुर थापाले बताए ।

बैठकले बालरोग क्यान्सर सम्बन्धि कार्यक्रम, कोभिड–१९ को जनचेतना, कोभिड–१९ को विमा कार्यक्रम, खाद्यान्न वितरण तथा हंगर रिलीफ कार्यक्रम, वृक्षारोपण, नेतृत्व विकास तालिम, महिलाहरुको लागि सीपमूलक कार्यक्रम, रक्तदान, मधुमेह परीक्षण तथा शिविर सन्चालन, ध्यान तथा योगा, न्यानो कपडा वितरण, मेल्विन जोन्स दिवस, विहल चियर वितरण, मैत्रीपुर्ण खेलकुद जस्ता कार्यक्रम गर्ने योजना पारित गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा