६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

धरान प्राकृतिक हिसाबले मात्र सुन्दर छैन, यस्ले नेपाली खेलकुदको क्षेत्रलाइ थुप्प्रै होनहार खेलाडीहरु दिएको छ । अझै शारीरिक सुगठन खेलको कुरा गर्ने हो भने यसले रमेशनाथ खनाल र राज भगत प्रधानाङ्ग जस्ता प्रतिभाशाली खेलाडी जन्माएको छ । राज भगत प्रधानाङ्ग युवा अवस्थामा निक्कै दुब्ला पातला थिए । वि.सं. २०२४ साल तिर उनलाई उनका पिताले रमेशनाथ खनाल गुरु कहाँ लिएर गए । वि.सं. २०२५ सालमा स्थापाना भएको डाँफे जिम्नाजियमा व्यायाम गरी रमेश गुरुले वि.सं. २०२७ मा मिष्टर धरानको उपाधि जिति सकेका थिए । व्यायाम थालेको छोटो समयमा राज भगत गुरुका प्रिय चेला बन्न सफल भए ।

Advertisement

नेपाल बैंकमा जागिर गर्ने शिलशिलामा वि.सं. २०२९ सालमा उनि विराटनगर पुगे । जहां चाह त्यहा राह भने झै त्यहाँ उनको संगत मोहन दंगोलसंग भयो जस्ले आफ्नो घरमा नै सानो व्यायामशाला खोलेका थिए । विस्तारै उनको भेटघाट विराटनगरमा अरु व्यायाम गर्ने साथीहरु घनश्याम मुखिया, अशोक गुप्ता, दिपक केसी, पार्थसारथि सेन गुप्ता लगायतको समूहसंग भयो । वि.सं. २०३१ मा पुनःधरान फर्केर आफ्नै घरमा धरान व्यायाम मन्दिर संचालन गरे । वि.सं. २०३३ सालमा भएको दोश्रो मिष्टर धरानको उपाधि जित्न उनी सफल भए । वि.सं. २०३१–३२ विराटनगरबाट काठमाडौंमा कबड्डी प्रतियोगिता खेल्न रमेश खनाल, राजभगत प्रधान, नरेन्द्रनाथ अधिकारी, पार्थसारथि सेन गुप्ता लगाएतको समूह आएका थिए ।

तत्कालीन पूर्वाञ्चलबाट प्रथम राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने टोलीमा प्रायः सबै बडी बिल्डरहरू नै थिए । काठमाडौंमा भेट भएका थप बडी बिल्डरहरूसँगको सल्लाहमा उनीहरू संघ दर्ता गर्ने प्रयासमा जुट्न थाले । तत्कालिन राखेपका सदस्य सचिव कुमार खड्कविक्रम शाहका पालामा उनीहरुले बडी बिल्डिङ संघ दर्ताका लागि निकै पहल गरे तर सफल भएनन् । त्यस पछिका सदस्यसचिव शरद चन्द्र शाहले समेत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा बडी बिल्डिङ संघ नभएको भन्दै राखेपमा दर्ता गर्न नमिल्ने बताए । तर, यसै खेलसँग मिल्दो जुल्दो अर्को खेलको भारोत्तोलनका नाममा दर्ता गर्न सकिने बताए । त्यसपछि उनिहरुले नेपाल भारोत्तोलन तथा शारीरिक सुगठन संघको दर्ता गर्न सफल भएको उनले भने ।

बडी बिल्डिङमा लागि रहेका उनले प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा ३५५ पाउण्ड उचालेर स्वर्ण पदक मात्र हात परेनन्, राष्टिय किर्तिमान समेत राख्न सफल भएको खुशी सुनाए । दई पटक वि.सं. २०३७ साल २०३९ मा Strongest Man Of Nepal उपाधि जितेका उनि सन् १९८४ काठमाडौ र १९८५ मा ढाकामा भएको साफ खेलकुद प्रतियोगितामा समेत उनको सहभागि भएको उनले बताए । शारीरिक सुगठन खेलबाट उदाएका उनि भारोत्तोलन र एथलेटिक्स खेलमा समेत सफलताको स्वाद चाखे । बहुमुखी प्रतिभाशाली खेलाडी राज भगत प्रधानाङ्ग धेरै खेलाडीका लागि आज पनि प्रेरणाका स्रोत हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट