१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

बुटवल । विश्वव्यापीरुपमा जटिल समस्या बन्दै गएको आत्महत्याका घटना कोरोना महामारी तथा लकडाउन प्रदेश ५ मा भयावह देखिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर १० (आज)का दिन मनाइने विश्व आत्महत्या रोकथाम दिवसको ठिक अघिल्लो (सेप्टेम्बर ९)का दिन प्रदेश ५ प्रहरी कार्यालयले ३ जनाले आत्महत्या गरेका घटना विहिबार सार्वजनिक गरेको छ । एकै दिन प्रदेशमा ३ जनाले आत्महत्या गर्नुले कोरोना महामारीभन्दा ठूलो समस्या आत्महत्या देखिएको हो ।

Advertisement

प्रदेश ५ प्रादेशिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशमा कोरोना महामारी र लकडाउनको अवधिमा आत्महत्या गर्नेको संख्या ७ सय २९ जना रहेको छ । यही अवधिमा प्रदेश ५ मा कोरोना संक्रमितको मृत्यु संख्या ४३ जना पुगेको छ भने देशभरको संख्या ३१७ रहेको छ । आत्महत्या गर्नेमा सबैभन्दा बढी असार महिनामा १७० जना रहेका छन् । यसैगरी गत चैत्रमा ६७, वैशाखमा ११९, जेष्ठमा १३१, साउनमा १५६ तथा भाद्र महिनामा ८७ जनाले आत्महत्या गरेका तथ्याङ्क छ । आत्महत्या गर्नेमा ४ सय २२ पुरुष छन् भने ३ सय ७ जना महिला छन् । २ सय ५६ जना अविवाहितहरुले आत्महत्या गर्दा विवाहितको संख्या ५८३ जना रहेको छ ।

प्रदेश ५ मा गत आर्थिक वर्ष २०७६/७७ मा १२३३ जनाले आत्महत्या गरेका छन् । २०७६ साउनदेखि ०७७ असार मसान्तसम्मको विश्लेषण गर्दा सबैन्दा बढी असारमा १७० जनाले आत्महत्या गरेका छन् । जुन महिना कोरोना महामारी र लक डाउन अवधि भित्र परेको थियो । यसैगरी कोरोना महामारी तथा लकडाउन सुरु हुनुपूर्व साउनदेखि फागुन मसान्तसम्म ८ महिनाको अवधिमा ७२३ जनाले आत्महत्या गर्दा कोरोना महामारी र लकडाउनको बीचमा चैत्रदेखि असार मसान्तसम्म ४ महिनाको अवधिमा मात्रै ५ सय १० जनाले आत्महत्या गरेका छन् । यो तथ्याङ्कले पनि कोरोना महामारी तथा लकडाउन अवधिमा आत्महत्याका घटनामा वृद्धि भएको देखिन्छ ।

गत आवको आत्महत्या तथ्याङ्कअनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी ९४८ रहेको छ । यसैगरी विष सेवन गरी २४९, आत्महत्या गर्ने दुरुत्साहनबाट २६, हाम फालेर ६ तथा औजार तथा हातहतियार प्रयोग गरी तथा पानीमा हाम फालेर आत्महत्या गर्नेको संख्या दुई/दुई जना रहेको छ । गत चैत्र ११ गतेदेखि कोरोना महामारीसँगै लकडाउन सुरु भएयता भाद्र २५ गतेसम्म १६९ दिनको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेश ५ मा प्रतिदिन आत्महत्या गर्नेको संख्या औसातमा ४ जनाभन्दा बढी रहेको छ । यसैगरी गत आर्थिक वर्षमा आत्महत्या गर्नेको विश्लेषणमा दैनिक आत्महत्या गर्नेको संख्या औसातमा ३ जना बढी रहेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार देशभर यस वर्ष आत्महत्याबाट ज्यान गुमाउनेहरुको कूल संख्या ६,२७९ रहेको छ । यसरी हेर्दा दैनिक करिब १७ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ५,७५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए, जुन सरदर दैनिक १६ जना पर्न आउँछ । मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष गोपाल ढकालका अनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छ भने प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्दछ । एउटाले आत्महत्या गर्दा अरू पच्चीस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भीररूपमा सोचेका हुन्छन् । प्रत्येक वर्ष विश्वमा सरदर ८ देखि १० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा