ताजा अपडेट »

घर-दैलोबाट फोहर उठाउने नयाँ युक्ति, सिट्ठीको सट्टा सचेतना गीत

मंगलबार, २३ भदौ २०७७, २० : ००
14 Shares

वातावरण, वातावरण, वातावरण,
हाम्रो वातावरण
हाम्रो धर्ति हाम्रो आकाश हाम्रो वातावरण

प्रदूषण भो जताततै हाम्रो आफ्नै कारण, अब जोगाऔं धर्तिलाई हाम्रो वातावरण…

एकाविहानै घर अगाडि घन्किने यो भाकाले आन्द र उर्जा प्रदान गर्ने मात्र होइन वातावारण सम्बन्धी सचेतना पनि दिने गर्छ । हरेक दिन घर अगाडि बज्ने यो गीतले बुटवल-९ का स्थानीयलाई फोहोर व्यवस्थापन गर्ने समय भयो भन्ने सूचित गराउँछ । बुटवल उपमहानगरको वडा नम्बर-९ मा फोहर व्यवस्थापनको जिम्मा पाएको सामुदायिक विकास तथा वातावरण समिति अन्तरगतका ट्याक्टरमा यो गीत बज्ने गर्दछ । एका विहानै हर्न बजाउने र सिटी फुक्ने पुरानो युक्तिलाई परिवर्तन गर्दै नयाँ उपाए लगाएका हुन् समितिका अध्यक्ष भरतराम भट्टराईले ।

त्यस वडाका २ हजार बढी उपभोक्ताको घरमा दुई वटा ट्याक्टर प्रयोग गरी फोहर उठाउन जाने गरेको उनले बताए । ‘सधै हर्न बजाउने तथा सिट्ठी फूक्दा ध्वनी प्रदुषण बढी हुने तथा जनताले झिजो मान्ने ठानी नयाँ उपाए अपनाएका हौं ।’-भट्टराईले भने सिर्जनशिल ढङ्गबाट सचेतनासहित फोहर उठाउने समयको जानकारी गराउन गीत बजाउने गरिएको हो ।

पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सँक्रमणले पनि यो नयाँ उपाए अपनाउन मेसो मिलाएको हो ।‘सिट्ठी फुक्दा हातलाई मुखमा लैजानु पर्ने, यसो गर्दा संक्रमण फैलिने डर भएपछि हर्न र इललेक्ट्रिक सिट्ठी भन्दा सचेतना गीत बजाउने विधि प्रयोग गरेका हौं ।’-उनले भने । यो उपाय वडा नम्बर ९ मा मात्रै होइन अन्य केही वडाहरुमा पनि अपनाउन थालिएको छ ।

विपद्हरु आउन थाले जलवायू परिवर्तन,
अब जोगाऔं धर्तिलाई, जोगाऔं वातावरण

वडा नम्बर १ देखि ६ सम्मको फोहर व्यवस्थापनका लागि जिम्मा लिएका बलभद्र पुरीले पनि यो उपाय अपनाउन कर्मचारीहरुलाई आग्रह गरेपछि घर-घरमा सचेतना गीत घन्किन थालेको छ । फोहर व्यवस्थापनका लागि हरेक दिन परिचालन हुने ६ वटा ट्याक्टर मध्य दुईवटामा साउण्ड सिस्टम जडान गरेर सचेतना गीन बजाउन थालिएको बताउँदै उनले अन्यमा पनि छिट्टै जडान गरिने बताए । ‘लक डाउनका कारण ग्यारेजहरु बन्द रहँदा सिस्टम जडान गर्न पाएका छैनौं ।’-उनले भने, अब सबैमा सिस्टम जडान गरी सिट्ठी र हर्न बजाउने विधिलाई विस्थापन गर्दै छौं उनले भने ।

स्मरण रहोस्, प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुटवलसहित प्रदेशका तीन ठूला शहरलाई हर्न निषेध घोषणा गरेकोथियो ।

यस्तो छ, सचेतना गीतको म्युजिक भिडियो

https://www.youtube.com/watch?v=q0CbHj8OKTk

पुर्व मुख्यसचिव लिलामणी पौड्याल , उद्योगी व्यवसायी प्रदिप जङ्ग पाण्डे, सञ्चारकर्मी दुर्गानाथ शर्मा, चिकित्सक तथा गीतकार डा. भोला रिजाल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका तत्कालिन सचिव सोमलाल सुवेदी, सरसफाई विज्ञ नमस्तेलाल विष्ट, सिएन आयोजनाका प्रमुख प्राविधिक सल्लाहकार तापियो, मिसनेपाल माल्वीका सुब्बा, पुर्व खेलाडी दिपक विष्टलगायतको समेत अभिनय रहेको वातावारण सम्बन्धि सचेतना गीतको म्यूजिक भिडियो सन २०१४ मा सार्वजनिक भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।