४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले ओरोलो लागेको छ । लगातार उकालो लाग्दै नेप्से परिसूचक आज भने चार अंकले घटेर एक हजार ४५८.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.६४ ले ओरोलो लागेर २९७.१० मा पुगेको छ ।

Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर रु एक अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर मात्रै उकालो लागेको छ । निर्जीवन बीमा १९.७३, उत्पादन ४१.१६ र जीवन बीमा ११.०५ ले बढेको छ । यस्तै, बैंकिङ ४.०६, व्यापार १४.३, होटल २१.५५, विकास बैंक २१.९८, जलविद्युत् ७.१७, वित्त ३.२७, अन्य ०.४६, लघुवित्त २३.५ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनकिो रु २३ करोड १२ लाख ९४ हजार ३२९ बराबरको कारोबार भयो ।

यस्तै, नेको इन्स्योरेन्स रु १२ करोड ४६ लाख ८९ हजार ५५६, हिवम् सिमेन्ट रु नौ करोड ५१ लाख ८८ हजार ४०८, एनआइसि एशिया बैंक रु आठ करोड ३१ लाख ४७ हजार ८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड ३९ लाख १२ हजार ९९८ र एनएमबी बैंकको रु छ करोड ९५ लाख ५३ हजार ५१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार एनआरएन इन्प्रmास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड ९.८२, दिव्यश्वरी हाइड्रोपावर ५.८४, शिवम् सिमेन्ट ५.१०, कालिका पावर कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए ।

त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.०७, गुराँस लघुवित्त ४.०४, रसुवागढी हाइड्रोपावर ३.९२ र विशाल बजार कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि रुपन्देहीमा यु-१४ क्रिकेट लिग सुरु : उद्घाटनमा भैरहवा र सैनामैना विजयी