ताजा अपडेट »

एकैदिन प्रदेश ५ मा ४ जनाले गरे आत्महत्या

सोमबार, ०८ भदौ २०७७, १४ : २९
6 Shares

बुटवल । प्रदेश ५ मा एकैदिन ४ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आइतबार अर्घाखाँची, दाङ, कपिलबस्तु र बर्दियामा झुण्डिएर १/१ जनाले आत्महत्या गरेको जनाएको छ ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–४ पोेखेडाँडाका ४७ वर्षका थानेस्वर बेल्बासे आइतबार झुण्डिएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै आइतबार नै दाङको घोराही उपमहानगरपालिका–१० की ४२ वर्षकी शारदा घर्ती, बर्दियाको बारबर्दिया नगरपालिका– ७ की ५८ वर्ष की सेतिया थारु र कपिलबस्तुको बाणगंगा–११ की कुडिया चौधरीले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।