ताजा अपडेट »

लकडाउन हटाउ सरकार

आइतबार, ०७ भदौ २०७७, २१ : ०६
4 Shares

लकडाउन होइन
अरु विकल्प खोज
हे राज्य, हे केन्द्र सरकार ।
सबै समस्याको समाधान
लकडाउन मात्र होइन हे राज्य, हे केन्द्र सरकार ।

सूक्ष्म अध्ययन गरी, गृहकार्य गरी
वातावरण सहज बनाउ है सरकार ।
लकडाउनले निम्त्याउँछ
देशमा महासंकट
चाँड खोल है लकडाउन सरकार ।

एक जनाको लापारवाहीले
निर्दाेष जनताहरुको पेटमा
लात हान्ने काम नगर
हे राज्य, हे केन्द्र सरकार
लापारवाही गर्नेहरुलाई
कडा भन्दा कडा
दण्ड सजाय दिने
कानून बनाउ सरकार ।

अपाङ्ग जस्तो नहोस् है कानून
हेप्छन् है जनताले सरकार
किन बेचको सौदा भयो अब कानून
यो देशमा सरकार
कानून मिची टेक्छन छाति माथि
अन्याय भयो सरकार ।

आजको यो विपद् घडिमा कोभिड १९ कोरोना भाइरसको महामारीमा विश्वव्यापी जगतमा अर्थतन्त्रमा तहस नहस, मानव जीवनको धरातल तहसनहस बनाइरहेको अवस्था छ । अहिलेसम्म कै तथ्याङ्कमा विश्वभर मानव मृत्यु दर करीब ८ लाखको हाराहारी नजदिक पुगिसकेको अवस्था छ । अझै पनि आंकडा गर्न सक्ने अवस्था छैन । कति वृद्धि हुने हो ? किन भने जति–जति कोभिड १९ को संक्रमण बढ्दै जान्छ त्यति–त्यति मृत्यु दर पनि बढ्दै जाने क्रम भईरहेको हुन्छ ।

यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (WHO) ले विश्वजगत मानवमा मानव जातिलाई यस कोभिड १९ को महामारी संकटमा सुरक्षित रहनका लागि विज्ञ अनुसन्धान कर्ताहरु द्वारा उपयुत्तक्त लाभकारी नियमहरु मापदण्ड तोकि समस्त मानव जातिलाई उपयुक्त नियमहरु व्यवहारमा अपनाउनका लागि निर्देशन जाहेर गर्दे जीवन सुरक्षित राख्न सकिन्छ भन्ने सन्दर्भमा सूचित तथा जानकारी गराई सकेको अवस्था छ । विश्व व्यापि रुपमा कोभिड १९ को शुरुआत आक्रमण्को घडिमा करीब ३ महिनाको लकडाउन गरियो यसमा विश्व व्यापि नागरिकहरुका लागि पनि स्वीकार्य भयो । त्यस घडिमा दर्दनाक कहाली लाग्दो घट्ना–दुर्घटनाहरुको दृष्यहरु अझै पनि मानसपटलमा ताजा स्मरण रहिरहेको छ । अहिले यो पानामा विगतका घटनारुको स्मरणमा कलम चलाउन खोज्दा हात काँप्न खोज्छ ।

आज यस कोभिड १९ कोरोना भाईरसले महा संकट निम्त्याई रहदा महा विनाश मृत्युको मुखमा धकेलिदा अझै पनि मानिसमा चेत खुलेको अवस्था छैन । जस्तै उदाहरण रावणको भाई मस्त सुतिरहेको कुम्भकरणलाई ढोलक बाजागाजाहरु कनमा पिट्दा पनि नबिउझिँदा अन्तिम अवस्थामा लंका नै जलेर समाप्त भइसकेपछि बिउझिएका थिए अरे भन्ने रामायणको कथासंग मेल खाइरहेको अवस्था छ। अहिलेका समाजका मानिसहरुमा । आज अति रफ्तारमा संक्रमण फैलिदै जानुको मुख्य कारण नै मति भ्रष्ट भएका मानिहरुको हेलचेक्राईले हो । कोभिड १९ बाट बच्ने उपाय नियमहरु सूचना सम्प्रेषण हरेक सामाजिक संजाल टेलिभिजन, अनलाइन न्यूजहरुबाट व्यापक गरिरहेको अवस्था छ । जहाँ नियमको उलंघन हुन्छ त्यहाँ खति अवश्य निश्चित छ ।

आज नियमको उल्लंघन सर्वसाधारण व्यक्तिहरुबाट भएको होइन पढे लेखेका शिक्षित वर्गहरुबाट नै नियमको उलंघन भईरहेको अवस्था देखिन्छ । जब शिक्षित वर्गहरुबाट नियमको उल्लघंन हुन्छ भने सर्व साधारण वर्गहरुको त कुरै नगरौं । हामी नागरिकहरुबाट पनि आ–आफ्ना क्षेत्रबाट सावधानी अपनाऔं र नियमको पालना गर्ने जिम्मेवारी सबैले ठानौं यदि कसैबाट छर छिमेकमा कमि कमजोर त्रुटी देखिएमा सबैलाई सावधानी र नियम पालना गर्नमा जिम्मेवारीको वोध गराउन सभ्य नागरिकको परिचय देखाऔं ।

सत्य सेवा सुरक्षणम् प्रहरी भनेका देशका नागरिकहरुका निम्ति सुरक्षा दिने प्रमुख दायित्व जिम्मेवार बफदारको रुपमा मानिन्छ । आज भन्दा करीब ४० वर्ष पूर्व प्रहरी मित्रहरु पैदलै गस्तिमा खटिरहन्थे तर अहिले त्यो सुरक्षा पैदलबाट नभएर चार पाङ्ग्रे गाडिबाट दिईरहेको अवस्था छ । सायद अहिले २१ औं साताब्दीमा छौं भन्ने भानमा केहि सेवा र सुरक्षाको प्रकृति परिवर्तन गरेको होकि जस्तो लाग्छ । के गर्ने सेवा सुरक्षाको दौरानमा खटाई अति हुँदा २१ औं सताब्दीको समय अनुरुप सरकाबाट सुविधा प्रदान गर्ने समयको मांग पनि होला ।

ठिकै छ चार पाङ्ग्रे गाडीबाट पनि गस्ति खट्दा केहि आपत्ति भएन, आपत्तिको विषय यो हो कि कतिपय देख्नमा आउँछ कहिँ अनायासमा जमघट भिडभाड देख्यो भने गाडीबाटै ऐ…ऐ त्यहाँ के को भिडभाड हो ? गाडीको गन्तव्य अगाडि बढाई हाल्ने गर्छ । कमसेकम उक्त जमघट भएको स्थानसम्म पैदल धाएर किन र के का लागि भिडभाड गरेका हुन् सो विषयमा सोधपूछ गर्नुपर्ने, सुझाव दिने, डर देखाएको जस्तो गर्दे चेतावनी पनि दिने र अट्टेरी गर्नेलाई कडा भन्दा कडा कार्वाही र दण्ड गर्नु पर्ने हो । तर, त्यो खरो रुपमाा प्रस्तुत गरेको अवस्था देखिदैन । भनाइको तात्पर्य के भन्न खोजेको हो भने अनायासमा भिडभाड गर्नेहरुका लागि कडा भन्दा कडा निगरानी गर्ने र अनुशासित मर्यादापूर्ण व्यवसाय धन्दा गर्नेहरुलाई व्यवसाय गर्ने अनुमति दिइनु पर्छ, एकजनाको लापारवाहले सबैलाई दण्ड दिन मिल्दैन ।

दण्ड भन्नु नै लकडाउनको नियम काँधमा लाद्नु हो । लकडाउनको नियम लाद्नाले कहाँबाट घरको भाडा तिर्ने ? कहाँबाट पसलको भाडा तिर्ने ? कहाँबाट राजस्व कर तिर्ने ? कहाँबाट बैंकको ऋण र ब्याज तिर्ने ? यहि समस्याको तंगारोले आज जनमानसमा तनाव,डिप्रेशनको कारण नागरिकहरु आत्महत्या जस्ता जघन्य अपराधका क्रियाक्रलापहरु समाजमा घटनाहरु घटिरको छ । सरकारलाई केवल अर्थतन्त्रको चिन्ता छ ।

केहि राजस्व कर संकलन गर्न केवल १.५ महिना लकडाउन खुलाएको जस्तो गर्दे केवल आफ्नै स्वार्थ पूरा गर्नमा रणनीति गरिरहेको हुन्छ । नागरिकहरुमा आइपर्ने समस्याहरुको चिन्ता नै छैन्न राज्य सरकारलाई र केन्द्र सरकारलाई । खाली लकडाउन ! लकडाउन !! के लकडाउनले मात्र नागरिकहरुको चुलामा आगो बल्छ महासयहरु ? सबै समस्याको समाधानमा विकल्प केवल लकडाउन होइन । चाँडो भन्दा चाँडो नागरिकहरुको काँधमा लादेको लकडाउन खुलाइयोस् र व्यवसाय गर्ने अनुमति दिइयोस् । जय नेपाल ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।