ताजा अपडेट »

एकैदिन रुपन्देहीमा ४ जनाले गरे आत्महत्या

बुधबार, ०३ भदौ २०७७, १४ : १५
14 Shares

बुटवल । रुपन्देहीमा सोमबार ४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको तिलोत्तमा नगरपालिका- १४, बाग्दुराका अन्दाजी १९ वर्षका मिथुन कहारले आफ्नै घरदेखी ७०० मिटर दक्षिण तर्फ रहेको निमको रुखमा झुण्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका- ११, चिरपुरवाकी १६ वर्षीय बालिकाले पनि घरदेखि १ किलोमिटर पश्चिम बगौँचामा रुखमा झण्डीएको अवस्थामा फेला परेकी हुन् । यसैगरी तिलोत्तमा नगरपालिका- ११, गणेशनगरका ६२ वर्षीय मानबहादुर कुमालले आफ्नै घरको कोठाभित्र फलामको पाईपमा झुण्डीएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

यस्तै मर्चवारी गाउँपालिका- ६, भिलरहवाका २६ वर्षीय उमेश कुर्मीको श्रीमती २५ वर्षीय सिमा कुर्मीले आफ्नै घरको सुत्ने कोठाको सिलिङपंखामा झुण्डीएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।