ताजा अपडेट »

सुशान्त आत्महत्या प्रकरणको जाँच गर्ने जिम्मा सिबिआईलाई दिने सर्वोच्चको फैसला

बुधबार, ०३ भदौ २०७७, १३ : २३
6 Shares

काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजदूतको आत्महत्या प्रकरणको जाँच सिबिआईले गर्ने भएको छ । बुधबार भारतको सर्वोच्च अदालतले आत्महत्या प्रकरणको जाँच गर्ने जिम्मा सिबिआईलाई दिने फैसला गरेको हो ।

घटना मुम्बईमा घटेको र सुरुदेखि नै मुम्बई प्रहरीले घटनाको छानबिन गरिरहेको भन्दै सुशान्तकी प्रेमिका रिया चक्रवतीले बिहारमा उनीकाविरुद्ध सिंहका बुबाले दिएको जाहेरी मुम्बई सार्न गर्दै अदालतमा याचिका दायर गरेकी थिइन् ।

बुधबार अदालतले पटनाको मुद्धा मुम्बई सारी छानबिन गर्न सिबिआईलाई अनुमति दिएको भास्करले जनाएको छ । अदालतको फैसलापछि सुशांतका बुबाका वकील विकास सिंहले भने, 'हामीलाई छिट्टै न्याय हुने आशा छ। सुशांतको परिवार सर्वोच्च अदालतको फैसलाबाट खुसी छ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।