ताजा अपडेट »

रुपन्देहीमा शनिबार दुई जनाले गरे आत्महत्या

शनिबार, २४ साउन २०७७, २० : ०७
4 Shares

बुटवल । रुपन्देहीमा शनिबार दुई जनाले आत्महत्या गरेका छन् । शुद्धोधन गाउँपालिका वडा– हल्वादीका २५ वर्षका बासुदेव लोध शनिबार बिहान आफ्नै घरको (एक तले) छानोको फलामको डण्डीमा साडिको पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए । उनको मानसिक स्थिति त्यति राम्रो नरहेको प्रहरीले जनाएको छ ।

यस्तै शनिबार नै देवदह नगरपालिका–२ राजाबारी बस्ने धनबिर परियारका २५ वर्षीय छोरा मनबहादुर परियार (मंजित)ले आज दिउँसो आफ्नै घरको धुरीको काठको बोलोमा नाम्लोको डोरीको पासो लगाई झण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता खड्काले बताए । उनी डेढवर्षपछि भारतबाट असार ८ गते नेपाल आई क्वारेन्टाईनमा बसी घरमा गएका थिए । दाहिने खुट्टाको पंजामा निको नहुनेखालको घाउ भएको भनि बताउने गरेका र गांजा सेवन गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।