ताजा अपडेट »

रुपन्देहीको देवदहमा आफ्नै शरिरमा आगो लगाएका युवाको मृत्यु

मंगलबार, २० साउन २०७७, १० : १५
10 Shares

बुटवल । रुपन्देहीको देवदहमा रहेको क्वारिन्टिनका सुरक्षा गार्डले आफैलाई आगो लगाएर ज्यान गुमाएका छन् । देवदह-५ दुर्गामन्दिर टोल घर भई वडा नं. ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले आफ्नै शरिरमा आगो लगाएका हुन् । मंगलबार विहान करिव ३ बजे बस्यालले शरिरमा मट्टितेल छर्किएर आगो लगाएका थिए । शरिरमा आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि रुपन्देहीको देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि उनलाई बुटवल ल्याइएको थियो ।

उनको उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसअघि पनि उनले आत्महत्याको प्रयास गरेको बताउँदै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरले दिप्रेशनका कारण आत्महत्या गरेको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट भेदिएको बताए । उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने बारेमा थप जानकारी खुल्न नसकेको र घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।