ताजा अपडेट »

संक्रमणसँगै विपद्, व्यवस्थापनमा उदासिन नबन

शनिबार, १७ साउन २०७७, १८ : ४३
6 Shares

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड-१९) अझैपनि नियन्त्रणमा आएको छैन । सो को रोकथाम र नियन्त्रणका लागि गरिएको ४ महिना लामो लकडाउन पनि हटिसकेको छ । लकडाउनकै दौरान देशभर १५ सय बढीले आत्महत्या गरिसकेका छन् । यी त भए संक्रमण र संक्रमणबाट वा संक्रमणको दौरान भएका मानवीय क्षति । यस्ता संकटसँगै यतिबेला मुलुकमा विपद्को पनि कहर छ । कोरोना कहर र क्षति कायर्मै रहँदा प्राकृतिक विपद्ले अर्को कहर निम्ताइरहेको छ ।

चैतदेखि नेपालमा कोरोनाको कहर बढेसँगै वैशाखदेखि प्राकृतिक विपद् पनि सुरु भएको थियो । हालसम्म यस वर्षको प्राकृतिक विपद् पहिरोबाट १ सय २८ जनाको ज्यान गइसकेको छ । वर्षायाम लागेसँगै नेपालमा बाढी-पहिरोको जोखिमसँगै क्षति हुने गर्दछ । यस वर्षपनि बाढी र पहिरोबाट एकसय बढीको ज्यान गइसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका ११४ जना घाइते भएका छन् । ४४ जना वेपत्ता भएका छन् भने करोडौंको भौतिक सम्पत्तिको क्षति भएको छ । त्यसैगरी बाढीबाट छ जनाको मृत्यु, सात बेपत्ता र तीन घाइते छन्।

मनसुन शुरु भएको समय (जेठ ३१) पछि साउन ९ गतेसम्म भने पहिराले धेरै मानिसको ज्यान लिएको छ । मुलुक कै अन्नभण्डार मानिने तराई वर्षेनी डुवानमा पर्दछ । वर्षयामसँगै तराइका वासिन्दाहरु त्रसित हुने गर्दछन् । समुन्द्री सतहदेखि कम दुरीमा रहेको तराइको बनोट समथर र कमसल हुने हुँदा कृषिका लागि नेपालको सर्वोत्तम स्थान हो । हिमालयबाट अधिकांश नदी पहाड हुँदै तराइको समभथर भू-भागसम्म पुग्छन् । त्यसैगरी नदीको बहावसँगै विभिन्न मलजन्य पदार्थको मिश्रणले तराइको भू-भाग थप उत्पादनमूलक बन्दछ ।

अर्कोतर्फ तराई भारतको सिमानासँग जोडिएको हुँदा कृषिजन्य सामग्री आयातमा सहज बन्दछ । तराइबासीको मुख्य पेशा कृषि बनेको हुँदा तराइले उत्पादनको मुख्य हिस्सा ओगटेको छ । तराइमा पनि भित्री मधेशमा अन्य क्षेत्रमा भन्दा बढी उत्पादन हुने गर्दछ । आदीवासी थारुहरुको बाक्लो बस्ती र उनीहरुको मिहिनेतले विशेषगरी धान लगाएत खाद्यवाली र नथदेवाली दुबै प्रयाप्त मात्रमा उत्पादन हुने गर्दछ ।

गर्मी मौसम अत्याधिक वर्षा हुनाले यस क्षेत्रमा मानिसको पहिलो आधार वा आवश्यकता खाद्यान्न उत्पादनका लागि उचित भएको हो । तर, विडम्वना भन्नु पर्दछ ।नेपालकै लागि आवश्यक खाधान्न उत्पादन गर्नसक्ने तराई वर्षायाममा वर्षेनी डुवानमा पर्दछ । हरेक वर्ष असारदेखि असोजसम्म ४ महिना तराइमा डुवानको समस्या पर्दछ । देशको दक्षिण भागमा छिमेकी राष्ट्र भारतको सिमा र उसले बनाएका बाँध डुवानको मुख्य कारण बन्दै आएको छ । अर्कोतर्फ पछिल्लो दशकमा खेतीयोग्य जमिन प्लटिङ गरी बेचबिखन गरी बस्ती बसाउने, पानीका स्रोत र वनजंगल फडानी गर्ने जस्ता मनवीय क्रियाकलापका कारण वर्षेनी अत्याधिक वर्षा र बाढीको स्तर बढ्दै गएको छ ।

यसरी वर्षेनी तराइमा बाढी र डुवानका कारण किसानको खेतीयोग्य जमिन, उनीहरुले लगाएको खेती, पशु, घर लगाएत अरबौको क्षतिसँगै कैयौं तराइबासीले अकालमा ज्यान गुमाउनु परेको छ । यसबाट तराइबासीसँगै सिङ्गो मुलुकलाई ठूलो क्षति पर्दै आएको छ । जसका कारण खेतीयोग्य जमिन घट्दै गएको छ । त्यसैगरी उत्पादन घट्दै गएपछि भारत लगाएत विभिन्न देशहरुबाट कृषिजन्य उत्पादनहरुको आयात बढ्दो छ । मुख्य अन्नबाली धानको उतपदान घटेपछि नेपालमा वर्षेनी अरबौंको चामल आयात हुने गरेको छ ।

गतवर्ष पनि बाढीका कारण हजारौं घर डुबानमा परेका थिए । सयौ हेक्टर जमिनमा लगाइएको धानबाली समेत ढुबानमा परेको थियो । तराइमा हरेक वर्ष बाढी र डुवान समस्या आइपर्दा पनि दिर्घकालिन समाधानतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । प्रकोपको समयमा र प्रकोपपछि मात्र पीडितलाई राहतको नाममा आशा देखाउनु र सहानुभूति देखाइ थम्थमाउनु बाहेक सरकार र सरोकारवालाहरुले दिगो र उचित समाधानतर्फ ध्यान पुर्याएका छैनन् ।

सिमामा भारतसँग वैज्ञानिक बाँध निर्माण र कार्यान्वयनमा प्रयास भएको छैन । नदिजन्य पदार्थको उचित निकास र पूर्वाधारको विकासमा पूर्व तयारी पुग्ने गरेको छैन । सबैका लागि आवश्यक र महत्वपूर्ण खाद्यान्न उतपादन गर्ने तराइका किसान र तराइबासीको पिडा वर्षेनी वर्षायाममा बढ्दै आएको छ । यदि यस विषयमा स्थानीय, प्रदेश सरकार, संघीय सरकार र सरोकारवालाको अझैपनि ध्यान नपुग्ने हो भने तराइको जीवन भयावह हुनसक्छ ।

पहिरो,बाढी र डुवान मात्र नभई अन्य गम्भिर प्राकृतिक प्रकोपबाट बाँच्न र धनजनको क्षति रोक्न समयमा नै उचित समाधान तथा तयारीमा सरोकारवालाको ध्यान गई कार्यान्वयन होस् । साथै प्राकृतिक प्रकोप र यसको क्षतिभन्दा पहिले नै पूर्वतयारी गर्न आवश्यक रहेको छ । यसका लागि हाल विपद् व्यवस्थापन सम्बन्धी योजना र बजेट छुुट्टाइएको छ । तर,व्यवहारिकतमा भने उस्तै छ । यस वर्षपनि विपद् न्यूनिकरण,पीडितको उद्धार र राहतमा सरोकारवालाको भूमिका सक्रिय र प्रभावकारी देखिएको छैन ।

दर्जनौं मानिसको मृत्युु र अन्य भौतिक क्षति हुुँदा पनि सरोकारवाला तात्दैनन् । सम्भावित र घटना स्थलमा पुुगेर जिम्मेवारी पूरा गर्दैनन् । विकासको नाममा हुने विनासका बाटाहरुले पहाडमा पहिरोको जोखिमसँगै ज्यान गुुमाउनेको संख्या बढीरहेको छ। तर, स्थानीय, प्रदेश, संघीय सरकारको विपद् व्यवस्थापन संयन्त्र भने निकै ढिलासुस्ती छ । विपद्सँगै क्षति पनि बढिरहँदम न्यूनिकरण र व्यवस्थापनमा उदासिनता जस्तै देखिएको छ । मानव जीवन र क्षतिजस्तो संवेदनशील विषयमा सक्रिय र संयम् भएर व्यवस्थापनमा जोड दिन आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।