ताजा अपडेट »

भारतका अर्का अभिनेता आशुतोषले गरे आत्महत्या

विहीबार, १५ साउन २०७७, १५ : ५४
10 Shares

काठमाडौं । भारतको मराठी भाषामा निर्माण हुँदै आएको फिल्म उद्योगका अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । ३२ वर्षका आशुतोष महाराष्ट्रको नान्देडस्थित घरमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनको शव उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो । मराठी फिल्म उद्योगमा उनको आत्महत्याले शोक छाएको छ । आशुतोष फिल्म तथा टिभी अभिनेत्री मयुरी देशमुखका श्रीमान् हुन् । उनीहरुको विवाह सन् २०१६ मा भएको थियो । आशुतोष मराठी फिल्म उद्योगमा चर्चित थिए । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।