ताजा अपडेट »

सुशान्त आत्महत्यामा बलिउडका कलाकारमाथि दायर मुद्दा विहार अदालतद्वारा खारेज

विहीबार, २५ असार २०७७, १६ : १५

मुम्बई । सुशान्त सिंह राजपुतको आत्महत्यामा सलमान खान, एकता कपुर, सञ्जय लीला भन्साली र करण जोहर लगायतका कलाकारमाथि दायर गरिएको मुद्दाको निवेदन विहार अदालतले खारेज गरेको छ । मुख्य न्यायिक मजिस्ट्रेट मुकेश कुमारले यो मुद्दा अदालतको क्षेत्राधिकार बाहिर रहेको बताउँदै स्थानीय अधिवक्ता सुधीरकुमार ओझाले दिएको याचिका खारेज गरेका हुन् । 

अधिवक्ता ओझाले सुशान्तको आत्महत्या भएको ३ दिनपछि नै यी कलाकारविरुद्ध मुद्दा दर्ता गराएका थिए । नेपोटिजमका कारण सुशान्त डिप्रेसनमा गएको र यसका कारण सलमान लगायतका कलाकार भएको भन्दै उनले मुद्दा हालेका थिए ।  जसमा उनले नेपोटिजमबारे चर्को विरोध गरिरहेका अभिनेत्री कंगनालाई साक्षी राखेका छन् ।सीजीएमको आदेशलाई अस्विकार गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “म सीजीएमको निर्णयलाई जिल्ला अदालतमा गएर परिवर्तन गराउने छु । सुशान्त सिंह राजपुतको निधनमा विहार पीडामा छ । यस्तो कदम चाल्न बाध्य बनाएका सुशान्तको न्यायका लागि हामीले ती व्यक्तिहरूलाई अगाडि ल्याउनै पर्छ ।”

सुशान्तको आत्महत्या नभई योजनाबद्ध निधन रहेको भन्दै शेखर सुमन, मनोज तिवारी लगायत थुप्रै कलाकारहरू सुशान्तको आत्महत्याको सीबीआई जाँच गर्न माग गरिरहेका छन् । 
सुशान्तको आत्महत्याको कारण अझै अन्योल नै छ ।  (इन्डियन एक्सप्रेस)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।