ताजा अपडेट »

दाङ र बर्दियामा १/१ जनाले गरे आत्महत्या

सोमबार, २२ असार २०७७, १२ : ३९
2 Shares

बुटवल । दाङ र बर्दियामा एक/एक जना व्यक्तिले आत्महत्या गरेका छन् ।दाङको तुल्सीपुर उपमहानगरपालिका–३ डाँडाखुटीका ६५ वर्षीय भरत भण्डारी आइतबार साँझ आफ्नै घरको बाल्दरीमा भुन्डिएर आत्महत्या गरेको प्रहरी ५ का प्रहरी प्रवक्ता राजकुमार बैदवारले बताए ।

यस्तै आइतबार नै बर्दियाको राजापुर नगरपालिका–५ बदालापुरका भिम बहादुर थारुको २५ वर्षीय छोरा जुगमती थारुले घरमा कोही नभएको अवस्थामा आफ्नै सुत्ने कोठाको बलोमा झन्डिएर आत्महत्या गरेको उनले बताए । साथै उनीहरुले के कारणले गर्दा आत्महत्या गरेका हुन भन्ने अझै नखुृलेको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता बैदवारले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।