२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । असार १० मा दुबईबाटआफ्नै थातथलो रोल्पा फर्केका ३१ वर्षीय युवकले गत वुधबार आत्महत्या गरे। रामदेव गाउँपालिका ५ का अभन सार्की एक्लै होम क्वारेन्टिनमा थिए। स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनमा भारतबाट फर्केर बसेकाहरुले बस्न नदिएपछि अभन हामे क्वारेन्टिनमा थिए। आरडिटी परीक्षणले उनमा कोरोना नेगेटिभ देखाएको थियो।

Advertisement

अछामको बयलपाटा अस्पतालका सफाइ कर्मचारी सिद्धार्थ आउजीले जागिर गुमेपछि जेठ २६ मा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे।कोहलपुरको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो। उनी कार्यरत अस्पतालले वित्तीय संकट परेको भन्दै सिद्धार्थसहित ३२ जनालाई जागिरबाट निकालेको थियो। कोरोना संक्रमण महामारी सुरु भएयताका साढे ३ महिनाका यी प्रतिनिधि घटना हुन। यो महाव्याधिका कारण दैनिकजसो हुने मृत्यु, सयौंको संख्यामासंक्रमितको बढोत्तरी, सामाजिक दूरी, आइसोलेसन र मनोवैज्ञानिक तनावका कारण देशमा गम्भीर मानसिक स्वास्थ्य संकटको संकेत देखिएको छ । सबै जिल्लाका सहरदेखि दुर्गम क्षेत्रसम्म पुगेको यो संक्रमणका कारण आममा निसमा निराशा र डर बढेकोछ। भाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिनमा हालसम्म आठ जनाको मृत्यु भइसकेकोछ। तीमध्ये चार जनाले आत्महत्याको बाटो रोजेका थिए।

चैत ११ मा राष्ट्रव्यापी लकडाउन सुरु भएयता असार १७ गतेसम्ममा१ हजार १ सय ५जनाले आत्महत्या गरेको तथ्यांक नेपाल प्रहरीसँग छ। मानिसहरु आफ्नो ज्यान आफैंले लिने हदसम्म पुग्न विभिन्न सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारण जिम्मेवार हुन्छन्। सन् १८९७मा प्रकाशित आफ्नो पुस्तक ‘सुसाइड’ मा फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले व्यक्तिगतभन्दा पनि सामाजिक कारणले मानिसहरु आत्महत्याका लागि उद्यत् हुने उल्लेख गरेका छन्। मानसिक स्वास्थ्यका क्षेत्रमा कामगर्ने विज्ञहरु महामारी सुरु भएयता दैनिक आत्महत्या गर्नेको संख्या वृृद्धि भएको बताउँछन्।

‘त्यसअघि दिनहुँ १६ जनाको हाराहारीमा नेपालमा आत्महत्या हुने गरेकोमा अहिलेबढेर १७ भन्दा माथि पुगेको छ,’ मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ नेपाल) का चिकित्सा मनोविद्भरत गौतम भन्छन्। उनी थप्छन, ‘पछिल्ला अध्ययनहरुले नेपालको २० प्रतिशत जनसंख्यामा बैचैनी, डर, निराशाजस्ता कुनैनकुनै प्रकारका मनोसामाजिक समस्या रहेको देखाएका छन्।’ सन् २०१८ सेप्टेम्बरमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले ८ दशमलव ७ प्रतिशत युवा र १० दशमलव ९ प्रतिशत पौढमा आफ्नो ज्यान आफैंले लिने सोच हुने गरेको देखाएको थियो। साढे २ वर्षअघि गरिएको सो सर्वेक्षणले नेपालमा १२ दशमलव ९ प्रतिशत जनसख्यामा कुनै न कुनै प्रकारको मानसिक असन्तुलन रहेको देखाएको थियो।

मानसिक स्वास्थ्यका क्षेत्रमा कामगर्ने जनशक्तिको पनि नेपालमा टड्कारो अभाव छ। नेपालमा १ सय ८०को हाराहारीमा मनोचिकित्सक, ३५ चिकित्सा मनोविद् र एक हजारको हाराहारीमा मनोसामाजिक परामर्शदाता छन्। अधिकांश यो जनशक्ति सहरी क्षेत्रमा सीमित छ। समाजशास्त्री चैतन्य मिश्र कोभिड १९महामारी सुरु भएपछि आत्महत्याको जोखिम थप बढेको बताउँछन्। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…