ताजा अपडेट »

फेसबुक लाइभमा आत्महत्या गरेकी एलिसाको कथा

आइतबार, २१ असार २०७७, २१ : ३१
14 Shares


     
 
बुटवल । असार १८  गते राती दाङ्गको तुल्सीपुर उपहानगरपालिका वडा नम्वर– ५ स्थित  माइतीजनको घरमा आफूूले चाहेको  गीत बजाउँदै र फेसबुुकमा हात्महत्या गरेको लाइभ भिडियो खिच्दै ज्यान हालेकी २६ वर्षीया एलिसा गौतम (केसी )  को  शव शनिबार  ३ दिनपछि परिवारजनले उठाएका छन् ।  एलिसाका दाजु तुलबहादुर केसीले रोल्पाबाट आई बहिनीको शव बुझेको बताए ।

दर्दनाक त्यो दृश्यले कसको मन नछोला र ?
 यतिबेला सामाजिक सञ्जालमा एउटी युवतीले अन्तिम पटक यो दुनियाँमा मुहार देखाउँदै , माया प्रेमको स्वार्थी संसारसँग  अन्तिम  आँशुले बिलौना पोख्दै थिइन् । दुुई हातले यो दुनियासँग कान समात्दै र  दुई हात जोडेरै सदाका लागि बिदा माग्दै  गरेको भिडियोले साराले आँशु थाम्न सकिरहेका छैनन्  । त्यो दर्दनाक दृश्यका पछाडिको उनको पृष्ठभूमि सहित उनको  जीवनको नालीबेली खोज पस्कीदै छौं।

को हुन एलिसा ?

रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नम्वर–६ अर्चलेडाँडाका पिता बिरे खत्री र माता ट्युमली खत्रीको कोखबाट २०५१ सालमा एलिसा केसीको जन्म भएको थियो  ।  उनले  खत्री भएपनि माइतीको थर गोत्र गौतम भएका कारण नामका पछाडि गौतम जोडेर नागरिकता निकालेकी थिइन् । जन्मेको महिना र मिति  उनका दाजु तुलबहादुर केसीले समेत ख्याल गर्न नसकेको बताउँछन् ।  उनको नागरिकतामा भने  २०५२ साल  रहेको छ । उनी त्यस घरकी जेठी छोरी थिइन् ।  उनी सहित २ दिदी–बहिनी र ३ दाजु–भाई रहेका छन् ।

१६/१७ वर्षको उमेरदेखि प्रेम सम्बन्ध

उनका बाबु–आमा दाजु–भाई दिदी–बहिनी सबै जना भारतमा बस्दछन् । यता घरमा जेठा दाजु तुलबहादुर केसी मात्र बस्छन् ।  कक्षा ६/७ मा पढ्दाखेरी नै उनको घरबाट करिव ५ मिनेट दूूरीमा रहेका अमृतबहादुर ओलीसँग उनको गहिरो प्रेम सम्बन्ध रहन पुग्छ । उनैप्रति समर्पित भएकी उनले १६÷१७ वर्षे जिज्ञासुु उमेरदेखि   नयाँ संसारमा उनी रमाउन पुग्छिन् ।

नवदाम्पत्य जीवनको सुरुवात

अन्ततःउनीहरु बीच २०७० सालमा भागी बिवाह हुन्छ । जतिबेला उनी १९ वर्षकी थिइन् ।   उनीहरुले एउटी छोरीलाई जन्म दिन्छन् । बिवाहको ४ वर्ष पछि  २०७४ सालको असार महिनामा श्रीमान–श्रीमती बीच खट्पट चल्छ  र  सम्बन्ध बिच्छेद हुन्छ । त्यसपछि उनले त्यसको दोश्रो साउन महिनामा हालको वडा नम्वर–७ का देवे ओली भन्ने ब्यक्तिसँग पनि प्रेम बिवाह भएको दाजु केसी बताउँछन । संयोग उनी पहिलो श्रीमानसँग जुन असार महिनामा सम्बन्ध विच्छेद  गरेकी थिइन् सोही महिना मै यो संसारबाट आफैंले पनि सधैका लागि स्वस्फुर्त रुपमा सम्बन्ध विच्छेद गरेकी छन् ।

दोस्रो श्रीमानले पनि धोका दिन्छन् । उनले भारतमा दोस्रो बिवाह गरेर उतै बस्छन् । उनी दोस्रो पटक पनि गाउँ मै अलपत्र र बेसाहारा भएर बस्छिन्,भौतारिन्छिन्  । उनको काखको एक मात्र साहारा,पहिलो श्रीमानतर्फकी छोरी थिइन् । तर,उनलाई पनि बाबुले खोसेर लैजान्छन् ।

वितृष्णाको यात्रा सुरु

दुबैजना पुरुषहरुले धोका दिए पछि उनी माया प्रेम भन्ने चिजसँग वितृष्ण र विक्षिप्त हुन्छिन् ।  जे–जे थिए मनका इच्छा आकंक्षा र मृग तृष्णहरु उनका लागि तिता र नमिठा बन्न पुग्छन् । तै पनि बाँँच्नु त छ !  उनले जिजिभिषा खोज्छिन् ।  शाहस बटुृल्छिन् ।

विक्षिप्त र बेसाहारा बनेपछि बैदेशिक रोजगार

गाउँमा ऋण काढेर २०७४  सालमा बैदेशिक रोजगारीेका लागि मलेशिया उड्छिन । त्यहाँ उनी जुन सपना साँचेर पुगेकी थिइन्  बाँच्नका लागि अन्तिम आधार बनेको त्यहाँको बैदेशिक रोजगारले  पनि तीनै पुरुषहरुले झै उनलाई लात्तीले हान्छ । 
 
उनी आठ  नौ महिना पछि  २०७५ सालमा स्वदेश फर्केर काठमाण्डौंमा बस्ने गरेको  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी  शिव सिंहले जानकारी दिए । उनका अनुसार त्यसपछि उनी काठमाण्डौंमा बसेर काम गर्न थाल्छिन । लकडाउनको एक महिना पछि दाङ्ग आउँछिन र  माइतीको घरमा बस्न थाल्छिन् । लकडाउन भरि काठमाण्डौमा टिक्न उनलाई मुस्कील पर्यो । लकडाउनको एक महिना पछि उनी दाङ्ग आइपुग्छिन् र क्वारेन्टाइनमा  बस्छिन् ।  माइतको घरमा आउँछिन र   रोल्पा स्थित जेठो दाजु तुलबहादुर केसीलाई फोन गरेर सुनाउँछिन । दाजुले  त्यही घरको एउटा फलाटमा बस् भन्छन् ।

एक घण्टा अघि मात्र अन्तिम सम्झना

त्यहाँ बसुन्जेल उनी बिहान उठेर घुम्न जाने र साँझ घरमा आउने गर्छिन् । रातभरी विरहका गीत बजाउँदै सुन्छिन् । घरमा डेरा  गरेर बस्नेहरुले पनि सधैजसो अबेरसम्म कोठामा गीत बजाएर सुन्दै बसेकोले त्यस्तो कल्पना नै गर्न नसकिएको बताएको दाजु केसीको भनाई छ । उनले आत्महत्या गर्नको एक घण्टा अघि मात्र भारतमा रहेका कान्छा दाजुलाई फोन गरेर बाबु आमा र बहिनी दाजुहरुलाई  अन्तिम सम्झना ब्यक्त गरेर फोन काटेकी थिइन् ।

सपना बोकेर हिडिन् शव बनेर फर्किइन्

भाईले भन्दै थियो एक घण्टा अघि मात्र फोन गरेर सबैलाई  सम्झीएकी थिइन् । ‘एक घण्टा पछि त लाइभ भिडियोबाट आत्महत्या गरेको देखियो ।’ केसीले भने । उनी ३ वर्ष अघि बिदेश गई पैसा कमाउने सपना बोकरे रोल्पाबाट हिडेकी थिइन् । तीन वष सम्म घर नफर्केकी उनी शनिबार शव बनेर रोल्पा फर्किइन् । न कुनै पुरुषले साथ दियो न बैदेशिक रोजगारले । दुबै श्रीमान छोरीसँगको वियोग  र तनावले उनले यो दुनियाँलाई नै देखाएर आत्महत्या गरेको प्रहरी र परिवारजनको प्रारम्भिक अनुमान छ । आत्महत्याको कारण अझै खुली नसकेको डिएसपी सिंहले बताए ।  उनले आत्मा हत्या गर्नु अघि आफूू बसेको कोठा पनि चारैतिर नियाल्दै हेरेकी छन् ।

अन्तिम साससम्म पनि रहरको कपडा मै

त्यसपछि फर्केर आँशु झार्दै नजिकबाट मुहार देखाएर फर्केपछि चुङ्गिको पासो लगाउँदै पंखाको सिलिङ्गमा झुण्डिन थाल्छिन् । उनले अन्तिम पटक रातो र निकै राम्रा कपडाहरु लगाएकी छन् । बाचुञ्जेलको जीवनमा जस्तै  जिवनको अन्मित साससम्म पनि उनी फेशेनेवल भएरै देहत्याग गरेको देख्न सकिन्छ । पछिल्ला श्रीमान ओलीसँग वैधानिक रुपमा सम्बन्ध विच्छेद नभएकोले आउनुहोस् दाहसंस्कारका लागि भनेर बोलाएँ । तर, उनले ‘त्योसँग कुनै सम्बन्ध छैन म आउँदिन ।’ भनेर भनेको दाजु केसीले बताए ।

दोस्रो श्रीमती बिहे गरेपनि अन्तिम दाहसंस्कार दिन समेत दोस्रो श्रीमानले नमान्नु उनको दिवगंत आत्माले पनि पतिका रुपमा पुरुष उनका लागि अभिषाप बनेका छन् । जो–जो पुरुष उनको जीवनमा आए । ती सबैले उनको जवानीसँगै उनका सपनाहरु पनि चिथोर्दै छाडेर गए । उनले आत्माहत्या गरेको जानकारी बिदेशमा रहेका एक पुरुषले दिएको बताइन्छ । उनीसँग एलिसाको के सम्बन्ध थियो भन्ने बारे आफूहरु अनविज्ञ रहेको  दाजु केसी बताउँछन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।