ताजा अपडेट »

फेसबुक लाइभबाटै यूवतीले गरिन् आत्महत्या

विहीबार, १८ असार २०७७, ०८ : ११
4 Shares

तुलसीपुर । तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन्।

गौतमको यसअघि विहे भएको र डिभोर्स पनि भएको खुल्न आएको डिएसपी सिंहले भने । 'गौतम माइती घरमा बस्दै आएकि थिइन् । आफन्त नजिक कोही रहेनछन् , थप कुरा पत्ता लगाउँदैछौ । गौतमकी छोरी पहिलाको श्रीमानसँग भएको भन्ने कुरा छ, यसबारेमा बुझ्दैछौ।' उनले भने । बुवा आमा भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।