ताजा अपडेट »

नेपालको नयाँ नक्सा पारित गर्न संविधान संशोधन हुँदै (लाइभ)

शनिबार, ३१ जेठ २०७७, १३ : ४२
8 Shares

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ।  शनिबार सुरू भएको बैठकमा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ। सरकारले नेपालको वास्तविक भू-भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ। विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।

https://youtu.be/gAFnvn6IXsk
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।