ताजा अपडेट »

पश्चिम रुकुमको वर्बरतापूर्ण घटनाका दोषीलाई कडा कारवाही गर्न चापागाईंको माग

आइतबार, १८ जेठ २०७७, १९ : २०
10 Shares

बुटवल । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाको विषयमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष, बरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ १० गते पश्चिम रुकुममा भएको मानव हत्याको हृदयविदारक घटना २१ सौं शताब्दीको अत्यन्तै वर्बरतापूर्ण घटना भएको उल्लेख गरेका छन्। ‘मल्ल थरकी युवतीबाट दलित जातिको युवासँग प्रेम गरेको कुरालाई सौहार्दपूर्ण रुपमा विवाहमा परिणत गर्न साथीहरुसहित युवती लिन आएका नवराज विकसहितका ५ जना युवाहरुलाई पाशविक हत्या गरिएको प्रमाणित भैसकेको र १ जना युवा भेरी नदीमा वेपत्ता अवस्थामा रहेका छन् ’– प्रेस विज्ञप्तीमा भनिएको छ । चापागाईंले जारी गरेको विज्ञप्तीमा यस घटनाले नेपालीहरु बीच मात्र होइन संसारका हरेक मानवीय आत्माहरुलाई तड्पाएको उल्लेख गर्दै यो घटना मानवजातिको इतिहासकै ठूलो कलंक भएको बताए । ‘जातिय विभेदको चरम रुपको कहालीलाग्दो परिणति हो’ उनले भने ।

विज्ञप्तीमा भनिएको छ, –‘यस घटनाको सवत्र्र विरोध र भण्डाफोर हुनु पर्दछ । हत्या गरिएका युवाहरु नवराज विक, टिकाराम विश्वकर्मा, गणेश बुढा मगर, लोकेन्द्र सुनार, सञ्जु विकलगायतलाई राज्यले तत्काल सामाजिक शहिद घोषणा र पीडित परिवारहरुलाई अबिलम्ब राहतको लागि जोडदार माग गर्दछु । साथै हत्यामा संलग्नहरुलाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गर्दछु । सञ्चार क्षेत्रले पनि यो विषयलाई गम्भीरतापूर्वक लिंदै न्यायको पक्षमा निर्भिकताका साथ आवाज उठाउन हार्दिक अनुरोध गर्दछु । ’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।