ताजा अपडेट »

रुकुम नरसंहार विरुद्ध दिउँसै बत्ति बालेर बुटवलमा प्रदर्शन

शुक्रबार, १६ जेठ २०७७, १८ : ५३
2 Shares

बुटवल । नेपालमा पछिल्लो समय जातीयताकै कारण पश्चिम रुकुममा नरसंहार भएको र दलितमाथि देशैभर विभेद कायम भएपछि सरकारको ध्यानआर्कषण गराउन बुटवलमा दिउँसै बत्ती बालेर विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल प्रदेश ५ र रुपन्देही शाखाको आयोजनामा शुक्रबार बुटवल राजमार्ग चौराहामा सरकार अध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ भन्दै मैनबत्ती बालेर प्रदर्शन गरिएको हो । पत्रकार, अधिकारकर्मी एंव आम नागरिकहरुको सहभागितामा रुकुम नरसंहारका दोषीलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।

उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष एंव संविधानसभा सदस्य विनोद पहाडीले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीलाई दलित समुदाय कहिलेसम्म मारिनुपर्ने हो ? जवाफ चाहियो भनेर प्रश्न गरेँ । उनले गृहमन्त्रीलाई नवराज विकलाई आफ्नो छोरा सम्झन अपिल गर्दै तुरुन्त उच्च स्तरीय संसदीय छानविन समितिको माग गरे । अन्य घटना, दुर्घटनामा मारिदा सरकारले तुरुन्तै कारवाही थाल्ने भएपनि अहिले रुकुममा निर्मम रुपमा दलित समुदाय र अन्य यूवाहरु मारिदा पनि मुकदर्शक भएकोमा आपत्ति जनाए

उनले रुकुमका नवराज विक सहितका अन्य हत्या भएका यूवा र रुपन्देहीकी अंगिरा पासीको हत्यामा संलग्नलाई कारवाही नहुँदासम्म दिउँसै बत्ती बालेर सरकार खोज्दै हिड्ने बताए । सरकारले जातीय छुवाछुतलाई अन्त्य गरेको भनेपनि व्यवहारमा कायम भएकाले यसका विरुद्ध लकडाउनमा पनि बाध्यताले सडकमा होमिनुपरेको दुखेसो पोँखे । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले रुकुमको नरसंहार मानव सभ्यताकै लागि कलंक भएको भन्दै दोषीलाई कारवाही नगर्दासम्म शान्ति समाज विरोधमा उत्रने प्रतिबद्धता जनाए ।

मुक्ति समाजका नेता जोगलाल विश्वकर्माले जातीयताकै कारण हत्या हुदा पनि सरकारले दोषीलाई कारवाही नगर्दा सडकबाट सरकारको खोजी गर्दै बत्ति बाल्दै हिड्नपरेको भन्दै यो विरोधलाई सामान्य नमान्न चेतावनी दिए । उक्त विरोध प्रदर्शनमा क्रियाशिल महिला पत्रकार रुपन्देहीका अध्यक्ष भगवती पाण्डे, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका प्रदेश सचिव सञ्जय सौगात, रुपन्देही सचिव सुरेश परियारले एक्यवद्धता मन्व्य राखेका थिए । उक्त प्रदर्शनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साल, नेपाल पत्रकार महासंघ प्रदेश ५ उपाध्यक्ष भरत केसी, रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे सहित राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारी तथा अधिकारकर्मीहरुको सहभागिता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।