४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

काठमाडौं । झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई प्रतिशतभन्दा घटबढ हुनेबित्तिकै कारोबार रोक्न नेपाल स्टक एक्चेन्जलाई निर्देशन दिएको थियो । 

Advertisement

सोही आधारमा नेप्सेले सर्किट ब्रेक लगाइ आजको कारोबार बन्द गरेको हो । बजार खुलेदेखिनै निरन्तर ओरालो लाग्दै आएको नेप्से करिब एक घन्टा २४ मिनेटको अवधिमा बन्द भएको हो । यद्यपि बोर्डले कारोबार अवधि दुई घन्टासम्म सीमित गरेको थियो । कारोबार मापक नेप्से परिसूचक २.०२ प्रतिशत अर्थात् २५.३० अङ्कले घटेर एक हजार २२६.१५ रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.३९ अङ्कले घटेर २६५.६७ पुगेको छ । कारोबार भएका कुल ११ उपसमूहको शेयर ओरालो लागेका छ । बैंकिङ २६.११, होटल ३.३८, विकास बैंक १५.३६, जलविद्युत् १५.३५, वित्त ३.२७, निर्जीवन बीमा ७२.३३, उत्पादन ३४.३६, अन्य १९.४२, माइक्रोफाइनान्स १८.०५, जीवन बीमा १५७.७८ र सामूहिक लागनी कोषको शेयर ०.०१ अङ्कले घट्यो । स्टकका अनुसार आज कुल ८७ कम्पनीको एक लाख छ हजार ३१२ कित्ता शेयर रु १० करोड ४३ लाख ७२ हजार ६४६ मा खरिदबिक्री भयो । 

कारोबार रकमका आधारमा नागरिक लगानी कोषको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु आठ करोड ८८ लाख ५७ हजार ५९० मा खरिदबिक्री भयो । यसैगरी छिमेकी लघुवित्त विकास बैंकको शेयर रु ४६ लाख ९८ हजार ५४०, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु ३८ लाख ५९ हजार ५४८, नविल बैंक लिमिटेडको रु १५ लाख ७४ हजार ६००, ज्योति विकास बैंकको संस्थापक शेयर रु नौ लाख चार हजार र नेपाल लाइफ इन्स्योरेन्सको रु तीन लाख ५० हजार ३२० मा खरिदबिक्री भयो । सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले २२.३८ प्रतिशतले गुमाए ।

हिमालय बैंक ३, नविल बैंक र नागरिक लगानी कोष २.९९, कृषि विकास बैंक र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टको २.९८ तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले समान २.९७ प्रतिशतले गुमाए । 

प्रतिकृया दिनुहोस्

Flash News

प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु ४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ? तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी