१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । लकडाउनको बेला खाना समस्या परेकाहरुकोलागि भैरहवाका युवाहरुले खाना पकाएर खुवाउन थालेका छन् । अमर ज्योति युवा क्लब भैरहवा सम्बद्ध युवाहरुले यस्तो कार्यको थालनी गरेका हुन् । क्लबले बिहानको एक छाक नेपाली शुद्ध खाना खुवाउनेगरी तयारी थालेको अध्यक्ष प्रभात गुरुङले बताए । उनल भने, ‘हामीले पहिलो चरणमा अस्पतालहरुमा रहेका विरामी कुरुवालाई खुवाउछौं । आज युसीएमएस भैरहवामा उपचाररत विरामीका कुरुवालाई खुवाउछौं । अस्पतालले दिएको सूचना अनुसार पांचसयजनालाई आज खाना खुवाउने कार्यक्रम रहेको छ। ’

Advertisement

उक्त अस्पतालमा पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाची, प्यूठान, रोल्पा, रुकुम र तराईका जिल्लाहरुका कपिलवस्तु, नवलपरासी पश्चिम र रुपन्देहीका विभिन्न क्षेत्रबाट दैनिक ५ सय भन्दा बढी उपचारकोलागि आउने गर्दछन् । अस्पताल बाहिरका होटलहरु लकडाउनको कारण पुरै बन्द छन् । अस्पतालको क्यान्टीनले सबैलाई खाना पुराउन सकेको अवस्था छैन ।

क्लब सम्बद्ध युवाहरुले दिनरात सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीका जवानहरुलाई पनि खाजा सामग्री उपलब्ध गराउने तयारी गरेको क्लबका कोषाध्यक्ष रेमसेन ठकुरीले बताए । एकाबिहानै युवाहरु सक्रियतापुर्वक लकडाउनको कारण समस्या परेकाहरुकोलागि आफै खाना पकाउन तम्सीएको देख्दा आफुहरुलाई कोरोना विरुद्धको अभियानमा झनै सक्रियतापुर्वक लाग्न प्रेरणा मिलेको युवाहरुसँगै खाना पकाउने ठाउमा भेटिनुभएका सिनपा १३ का वडाध्यक्ष सतिस मर्रासिनीले बताए ।

लकडाउनको समय फुर्सदको उपयोग गर्दै धेरै युवाहरु यतिबेला तास खेल्ने, यता उता हिडडुल गर्ने त कतिपय साथिभाइसँग गफिदै त कतिपय घरमै परिवारसँग समय बिताउने गरेका छन् । तर भैरहवाको अमर ज्योति युवा क्लबसम्बद्ध युवाहरु भोकाहरुकोलागि खाना बनाउने र खुवाउने काममा सक्रिय भएका छन् । बिक्रम सम्बत २०२४ सालमा प्राज्ञ बुंद रानाको अध्यक्षतामा खेलकुद र सास्कृतिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको अमर ज्योति युवा क्लबले गरेको मानविय कार्य सिंगो समाजकोलागि अनुकरणीय भएको सिनपा १२ का वडा सदस्य कुमार गुरुंगले बताए ।

बिहानै झिसमिसेमा खुल्ला आकाशमुनि खाना पकाउन सक्रिय युवाहरुको समूह मंगलबार ५ सयजनाकोलागि खाना तयारी गर्दै थिए । उनीहरुको तालिका अनुसार मंगलबार अस्पतालमा रहेका विरामीका कुरुवालाइ खाना खुवाउने कार्यक्रम तय भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का